राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा दैलेखका ८८ विद्यालय छनौट

        हिक्मतबहादुर नेपाली   |   प्रकाशित मितिः बिहिबार, बैशाख २, २०७८     ::: 644 पटक पढिएको   |  

दैलेख : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दैलेखका ८८ वटा विद्यालय छनौटमा परेका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दैलेखका ८८ वटा सामुदायिक विद्यालय छनौट गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन सम्बन्धि जारी सूचनाको विवरण अनुसार दैलेखका ११ वटा स्थानीय तहका ८८ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका हुन् ।
विवरणमा उल्लेख भए अनुसार नारायण नगरपालिकाका रेडक्रस मावी भुर्ती, सरस्वती मावी तर्ताङ्ग, नेरा मावी कालिकाटी, नेरा मावी कालिकाटी, जनजागृती आवी प्यूसे, जनजागृती आवी प्यूसे गरी ७ वटा, दुल्लु नगरपालिकाका पञ्चकोशी बहुप्राविधिक शिक्षालय दुल्लु, पञ्चकोशी बहुप्राविधिक शिक्षालय दुल्लु, विजया मावी दुल्लु, नरेश्वर उद्यमशिल विद्यालय, नेरा मावी किर्तिखम्ब, महेन्द्र जयदेव मावी, भानेश्वर मावी, प्रेमदेबी मावी, पञ्चकोशी ज्वाला मावी, कालिका देवी मावी, नेरा मावी लेखालगाउँ, महादेव आवी, नेरा आवी, नवदुर्गा आवी, भैरब आवी, लक्ष्मी आवी, शान्ति सृजना आवी गरी १७ वटा सामुदायिक विद्यालय छनोटमा परेका छन् ।
आठबीस नगरपालिकाका नेरा आवी जाक्सी, कालिका मावी सिंहासैन, लक्ष्मी मावी सात्तला, गणेश मावी रोल, जनज्योती मावी राकमकर्णाली, बण्डाली आवी विष्टगाउँ, पशुपती मावी छेपाडी गरी ७ वटा, चामुण्डाविन्द्रासैनी नगरपालिकाका जनजागृती आवी कोहोलपर, देउती आवी वनाडा, धर्मदेव मावी आयरपाटा, विन्द्रासैनी मावी विन्द्रासैनी, नवजोती आवी रोशनीडाँडा, भैरब मावी डौंसुर, पञ्चकोशी आवी चाँफाकोट, आनन्द मावी चाँपागाउँ, कर्णाली आवी पालेतडा, लोक कल्याण आवी रिङरोड, जनता मावी मष्टमाडु, खापर प्रावी बस्तेकोट, चामुण्डा मावी हाडाकोट गरी १३ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन् । यस्तै गुराँस गाउँपालिकाका कृष्ण मावी सानाकाँडा, पार्वती मावी गोगनपानी, जयजनता मावी जोरेबाँझ, नेरा मावी बगौराचौर, लक्ष्मी आवी झुझ गरी ५, डुङ्गेश्वर गाउँपालिकाका जनकल्याण मावी सेर्माकोट, सिता जनसहयोग मावी अवलपराजुल, सिता जनसहयोग मावी अवलपराजुल, पिपलचौतारा मावी डाडापराजुल, नेरा आवी पाङकोट गरी ५ वटा विद्यालय उक्त कार्यक्रमका लागि छनौटमा परेका हुन् । त्यसैगरी भैरबी गाउँपालिकाका पञ्चदेवल मावी रावतकोट र भगवती आवी कुसापानी गरी २, भगवतीमाई गाउँपालिकाका भगवती मावी तुर्सु, लक्ष्मी प्रावी पैयागाउँ, जनता मावी रुम, मष्टा प्रावी धाराडाँडा, आदर्श आवी सानीगाउँ, नेरा पिपल आवी चिपिन, कालिका मावी डौरीमन्घर, सरस्वती मावी गन्म, लक्ष्मी प्रावि रुमी, जनता प्रावी चिपिनतडा, सरस्वती मावी गन्म, मष्टा प्रावी धाराडाँडा, खड्गदेवी आवी मेहेल्तोली, खड्गदेवी आवी मेहेल्तोली गरी १४ वटा विद्यालय छनौटमा परेको छन् ।
यस्तै नौमूले गाउँपालिकाका भैरब मावी नौमूले, भैरब मावी नौमूले, नेरा आवी ठानडाँडा चौराठा, नेरा आवी ठानडाँडा चौराठा, शिवशक्ति मावी नौमूले–६ गरी ५ वटा, महाबु गाउँपालिकाका भैरब मावी रानीवन, गैडाबाँज मावी, गैडाबाँज मावी, जगदिस मावी, शिव हिमालय प्रावी, मालिका मावी महाबु–३, मालिका मावी महाब –३, कालिका मावी टाकुरी गरी ८ र ठाटीकाँध गाउँपालिकाका जन आवी, धर्मभक्त आवी, सत्यदेवी आवी, बालकल्याण आवी, भवानी मावी बाहाँकोट गरी ५ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनौट गरि मापदण्डहरु समेत सार्वजनिक गरेको छ ।छनौट भएका विद्यालय र कार्यक्रमहरु सबै स्थानीय तह र विद्यालयले कार्यन्वयन गर्नुपर्नेछ । सो कार्यक्रममा छनौट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने शिक्षा विभागले जनाएको छ । छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, सिकाई तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् ।



Leave a comment

Your email address will not be published.


*