आगलागी पीडितलाई २४ घण्टा नबित्दै राहत

आगलागी पीडितलाई २४ घण्टा नबित्दै राहत

दैलेख : जिल्लाको भैरवी गाउँपालिकास्थित रावतकोटमा आगलागी पीडितलाई राहत प्रदान गरिएको छ । आगलागीबाट घर नष्ट भएको दानबहादुर भण्डारीको परिवारलाई एक थान पाल, ३० केजी चामल, २ केजी नुन, एक केजी दाल, एक लिटर तेल, ३ सेट डसना, ३ सेट कम्बल, ३ सेट सिरानी, ३ सेट तकिया, ३ सेट तन्ना उपलब्ध गराईएको हो । भैरवी गाउँपालिकाले राहत सहयोग उपलब्ध गराएको हो । आगलागी भएको २४ घण्टा नबित्दै भैरवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापा, भैरवी गाउँपालिका–३ का वडाध्यक्ष देवी भण्डारी सहितको टोलीले आगलागी पीडित भण्डारीको परिवारलाई राहत सहयोग उपलब्ध गराएको हो ।
भैरबी गाउँपालिकाको रावतकोटस्थित पोरोगाड सामुदायिक वन र गल्लापानी सामुदायिक वनमा लागेको आगो बस्तीमा पुगेको थियो । वनमा लागेको आगो बस्तीमा पस्दा मध्यपहाडी राजमार्ग छेउछाउमा रहेका घर ध्वस्त पारेको थिया । वनमा लागेको आगो बस्तीमा पस्दा बिहीवार दिउँस रावतकोटका दानबहादुर भण्डारीको घर पूर्ण रुपमा क्षती भएको थियो । घरमा रहेका लत्ता कपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । सोहि ठाउँका भिमबहादुर थापाको घर आंशिक रुपमा जलेको छ । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । वनमा लागेको आगोको लप्को मध्यपहाडी राजमार्ग अन्तरगर्तको सडक नाघेर घरमा सल्किएको थियो ।

प्रतिक्रिया