केन्द्रमा जे भए पनि प्रदेशमा एमाले एकतावद्ध : यामलाल कँडेल

केन्द्रमा जे भए पनि प्रदेशमा एमाले एकतावद्ध : यामलाल कँडेल

सुर्खेत : कर्णाली प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले पार्टी केन्द्रमा विवाद भए पनि प्रदेशमा आफूहरू एकताबद्ध भएको बताएका छन् । आजबाट शुरू भएको प्रदेशसभा अधिवेशनलाई सम्वोधन गर्दै कँडेलले एमालेमा सांसदहरूको चरित्र हत्या गर्ने किसिमले गतिविधि र प्रचारवाजी नगर्न चेतावनी समेत दिए ।

कँडेलले भने, ‘हाम्रो पार्टीमा सांगठनिक समस्या देशभर छन्, त्यसको हामी समाधान गर्ने छौं । तर, विभिन्न प्रदेशमा नेकपा एमाले एकजुट छ । केन्द्रको विवादलाई आधार बनाएर गरिने कुराहरुले न हाम्रो सम्वन्ध सुमधुर हुन्छ न राम्रो संस्कार बस्छ ।’

उनले कर्णाली प्रदेशमा एमालेका ३९ जना सांसदहरू एक ठाउँ रहेको बताए । तर, सरकारनिकट सांसदहरूले एमालेका माननीयहरुको चरित्र हत्या गर्ने काम निन्दनीय रहेको उनको भनाइ छ ।

‘यो नेतृत्वले नै गरेको होला त म भन्दिनँ, तर नेतृत्वसँग जोडिएका नेता–कार्यकर्ताबाट जे गतिविधि देखिएको छ, त्या गलत हो,’ उनले भने, ‘म सम्मानित सभाबाट भन्न चाहन्छु, हाम्रो दल र दलका माननीयको सार्वजनिक प्रतिष्ठामा आँच पुर्याउने काम नहोस् ।’

प्रतिक्रिया