कर्णालीका तीन मन्त्रीले लिए सपथ

कर्णालीका तीन मन्त्रीले लिए सपथ

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । कर्णाली प्रदेशको विस्तारित मन्त्रिमण्डलमा नियुक्त मन्त्रीहरूले आइतबार साँझ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् । नन्दसिंह बुढाले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापाले भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको सपथ लिएका छन् ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिने नेकपा एमालेको माधव नेपाल समूहका तीन जनालाई शनिबार साँझ मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया