बाल हेल्पलाइन १०९८ को भवन निर्माण पुरा गर्छौ : मन्त्री थापा

बाल हेल्पलाइन १०९८ को भवन निर्माण पुरा गर्छौ : मन्त्री थापा

दैलेख : कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापाले बाल हेल्पलाइन १०९८ को निर्माणाधिन भवन सम्पन्न गर्न आफु प्रतिबद्ध भएको बताएका छन् । मन्त्रीको कार्यभार सम्हालेसँग्र गृह जिल्ला दैलेख आएको बेला बाल हेल्पलाइन १०९८ र महिला र बालबालिका केन्द्रको अनुगमन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ र महिला र बालबालिका केन्द्रको अनुगमन गर्दै मन्त्री थापाले बजेट अभावमा अलपत्र बनेको बाल हेल्पलाइन १०९८ को भवन निर्माण पुरा गर्न आफुले सक्दो सहयोग गर्ने बताएका छन् । उनले भवन निर्माणको काम पुरा गर्न आफु प्रतिबद्ध रहेको बताए ।


दैलेख सदरमुकाममा निर्माणाधिन बाल हेल्पलाइन १०९८ को भवन बजेट अभावमा पुरा हुन सकेको छैन् । नारायण नगरपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको संयुक्त लागतमा भवनको डिपिसी र पिलर उठाईएको छ । त्यसयता बजेट अभावमा निर्माणाधिन भवन अलपत्र परेको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बताइन् । अनुगमनकै क्रममा निर्माणाधिन भवनको स्टमेट तथा आवश्यक कागजात तथा महिला र बालबालिकाको बार्षिक प्रतिवेदन समेत मन्त्री थापालाई हस्तान्तरण गरेको श्रेष्ठले जानकारी दिइन् ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा आयोजित स्वागत तथा बधाई कार्यक्रममा मन्त्री थापाले बाल हेल्पलाइन १०९८ र महिला र बालबालिका केन्द्रको अनुगमन समेत गरेका हुन् । अनुगमनका लागि मन्त्री थापासँगै प्रमुख स्वकीय सचिव महेश ढुंगाना, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका उपाध्यक्ष चक्र केसी, नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ लगाएत सहभागि थिए । सोहि अबसरमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यवाहक अध्यक्ष टिकादेवी जैसी, कोषाध्यक्ष कृष्णा रावत, बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठ, बाल अधिकार अनुगमन अधिकृत प्रभाकुमार विश्वकर्मा लगाएतले भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा लगाएतलाई बधाई तथा स्वागत गरेका थिए ।

बजेट अभावमा अलपत्र बनेको बाल हेल्पलाइन १०९८ को भवन ।

प्रतिक्रिया