दैलेखमा माधव नेपाल समूहको समानान्तर कमिटी घोषणा

दैलेखमा माधव नेपाल समूहको समानान्तर कमिटी घोषणा

दैलेख : दैलेखमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला कमिटी गठन गरेको घोषणा गरेको छ। बरुनाथ योगीको अध्यक्षतामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे घोषणा गरेकाे हाे । प्रदेश सदस्य टेकबहादुर खाणले अध्यक्ष लगायत ४ सदस्यीय पदाधिकारीलाई सपथ समेत खुवाएका थिए। उनीहरुले नेकपा एमाले जिल्ला कमिटी पुनर्गठन गरिएको बताएका छन्। पालिका हुँदै वडासम्मै कमिटी विस्तार हुने जनाइएको छ। १ सय ८५ सदस्यीय नेकपा एमाले पुनर्गठन भएको अध्यक्ष बरुनाथ योगीले बताए। जिल्ला कमिटी घोषणा सभामा कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा लगाएत सहभागी थिए।

प्रतिक्रिया