दैलेखमा संक्रमितको उपचारका लागि ४१७ बेड तयारी अवस्थामा

दैलेखमा संक्रमितको उपचारका लागि ४१७ बेड तयारी अवस्थामा

दैलेख : दैलेखमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि चार सय १७ बेड तयारी अवस्थामा राखिएको छ । भेन्टिलेटर सहितका दुई वटा, अक्सिजन सहितका ६३ वटा र सामान्य ३ सय ५२ गरी चार सय १७ वटा बेड संक्रमितको उपचारका लागि तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । प्रमुख जिल्ला अधिकारी प्याकुरेलका अनुसार एक सय १ वटा अक्सिजनको सिलिण्डर तयारी अवस्थामा राखिएको छ । सरकारले कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरिसकेको छ । यस्तै संक्रमणको जोखिमलाई मध्यजनर गर्दै जिल्लामा १४ वटा एम्बुलेन्सहरु समेत तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए ।
हाल जिल्लामा नयाँ भेरियन्ट सहित तिव्र गति फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रिय संक्रमितको संख्या ९० जना छ । ती मध्ये १३ जना जिल्लाका विभिन्न आइसोलेसनमा उपचाररत छन् भने ७७ जना होम आइसोलेसनमा छन् । बुधवार मात्रै एक जना संक्रमितको दैलेख अस्पतालको आइसोलेसनमा निधन भएको थियो । विश्व्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट अघिल्लो बर्ष एक हजार पाँच सय ११ जना नागरिक संक्रमित भएका थिए । ती मध्ये ६ जनाको निधन भएको थियो ।

प्रतिक्रिया