२४ घन्टामा कोरोनाले ३५ जनाको मृत्यु : ४ हजार ९२८ संक्रमित थपिए

          |   प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७८     ::: 167 पटक पढिएको   |  

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ। मृत्यु हुने दर यो अहिलेसम्मकै उच्च हो।  यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा थप ४ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको छ। १२ हजार ९५७ पीसीआर र ९६३ एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ९२८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै बिहीबार थप ८८८ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ। मन्त्रालयका अनुसार ५९ जना ३४ हजार ११७ आइसोलेसनमामा छन्। उपत्यकामा पछिल्लो २४ घण्टामा १५ सय ६१ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जनामा कोरोना संक्रमण भेटिएको हो।



Leave a comment

Your email address will not be published.


*