दासता विरुद्ध कर्णाली प्रदेशसभाका फ्लोर क्रस गरेँ : मन्त्री थापा

दासता विरुद्ध कर्णाली प्रदेशसभाका फ्लोर क्रस गरेँ : मन्त्री थापा


अमर सुुुुनार, दैलेख : कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापाले सर्वोच्च अदालतको फैसलापछि एमाले पुनर्स्थापना भए संस्थापन पक्षले गुटगत रुपमा असहिष्णु व्यवहार गरेको कारण दासता विरुद्ध कर्णाली प्रदेशसभाका फ्लोरक्रस गरिएको स्पष्ट पारेका छन् । भगवतीमाई गाउँपालिकाद्वारा बेस्तडामा आज आयोजना गरेको मन्त्रीको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा उनले वर्गीय राजनीतिक चेतनाले केन्द्रमा केपी र कर्णाली प्रदेशमा यामलाल कँडेललाई सवक सिकाउन फ्लोरक्रस गरिएको बताए ।
मन्त्री थापाले भने संकटको बेला १५ वर्ष पार्टीको सम्हालेर संगठन र श्रोतले व्यवस्थित बनाएको पार्टी छोड्नलाई होइन, पार्टीमा अन्याय बिरुद्ध लड्न सक्नेहरु छन् भनेर देखाउन पार्टी नेतृत्वलाई सचेत पार्न यस्तो गरिएको हो । उनले अगाडि थपे ‘भविष्यमा कारवाही फुकुवा हुन्छ मैंले पार्टी छोडेको छैन ।’
भगवतीमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापा, उपाध्यक्ष चन्द्रा रेग्मी, जिल्ला समन्वय समितिका सदस्य नन्दबहादुर खड्का, नेकपा एमाले कर्णाली प्रदेश कमिटीका सदस्य मयाराम अधिकारी लगायतले मन्त्रीको कार्यकाल सफलताको शुभकामना दिए ।
त्यसअघि ज्वाला मावि बेस्तडाले औपचारिक कार्यक्रम आयोजना गरी आजै मन्त्री थापालाई बधाई तथा शुभकामना दियो । विद्यालयका प्रधानाध्यापक देबेन्द्र अधिकारी लगायतले शुभकामना दिएका थिए ।
भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापाले आज बिहान स्वास्थ्य सेवाका कार्यालय दैलेखको निरीक्षण गरी कोरोना रोकथाममा भइरहेका कामको जानकारी लिए । त्यसबखत उनले कर्णाली प्रदेश सरकारले दैलेख र दुल्लू समेत दुई वटा अस्पतालका लागि दुई करोड ३४ लाख रुपैंयाँ छुट्याएको जानकारी दिए ।
कोरोना संक्रितको उपचारमा कुनै किसिमको कमी नहोस् भनेर सरकारले विकास बजेट कटौती गरेर रकम पठाएको र उसको उचित प्रयोग गर्न निर्देशन दिनुभयो । दैलेखको कोभिड अस्पताल विषयमा निमित्त इञ्चार्ज डा. जगत थापा र स्वास्थ्य सेवा कार्यालयले सम्पादन गरिरहेका कामको विषयमा जानकारी दिएका थिए ।

प्रतिक्रिया