कारभित्र मृत भेटिएका तीन बालकको सनाखत

कारभित्र मृत भेटिएका तीन बालकको सनाखत

दाङ : तुलसीपुरमा पार्किङ गरिराखिएको भारतीय नम्बर प्लेटको कारभित्र मृत भेटिएका तीन बालकको सनाखत भएको छ । तीनै बालक तुलसीपुरकै रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।मृतकहरू तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँका भीमबहादुर परियारका ९ वर्षीय छोरा सन्दीप, सन्तोष परियारका ७ वर्षका छोरा सुवर्ण र कृष्ण परियारका ६ वर्षका छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले बताए ।

वैशाख १६ देखि हराइरहेका ती बालक तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा पार्किङ गरिराखिएको आरजे०१सीसी०८८५ नम्बरको भारतीय कारभित्र शनिबार राति मृत फेला परेका थिए ।घटनामा संलग्न आशंकामा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–६ शान्तिनगरका यादवप्रसाद गैरेलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान गर्न बाँकेबाट तालिमप्राप्त कुकुरसहितको विशेषज्ञ टोली आइपुगेको छ । कार उक्त स्थानमा लामो समयदेखि पार्किङ गरिराखिएको डीएसपी सिंहले बताए ।

प्रतिक्रिया