१३ बर्षीया बालिका बलात्कार गर्ने पक्राउ

१३ बर्षीया बालिका बलात्कार गर्ने पक्राउ

काफल खान गएको मौका छोपी बलात्कार ।

१३ बर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्ति ।



दैलेख : काफल खान गएको मौका छोपी १३ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिल्लाको दुल्लु नगरपालिका–९ रोकायबाँडाका २८ बर्षीया तेजबहादुर रोकाय पक्राउ परेका हुन् ।
गत बिहीवार बालिकालाई बलात्कार गरेको आरोपमा रोकायलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले बताए । डिएसपी श्रेष्ठका अनुसार घरबाट पाँच मिनेटको दुरीमा रहेको जंगलमा काफल खान गएको मौका छोपी ती बालिकालाई बलात्कार गरेको सूचनाका आधारमा रोकायलाई पक्राउ गरिएको हो ।
रोकायले काफल खान गएको समयमा कोही नभएको मौका छोपी भाग्न नदिई हातले मुख थुनेर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडितको तर्फबाट बालिकाकी आमाले शनिवारै जोहरी दिएकी छिन् । बलात्कार आरोपमा पक्राउ परेका रोकायलाई दैलेख जिल्ला अदालतबाट पहिलो पटक १० दिनको म्याद थप गरी थप अनुसन्धान थालेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया