सोसेकद्धारा पंचदेवल र आठबीसलाई स्वास्थ्य सामग्री सहयोग

सोसेकद्धारा पंचदेवल र आठबीसलाई स्वास्थ्य सामग्री सहयोग

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले दैलेखको आठबीस नगरपालिका र अछामको पंचदेवल विनायक नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । डिसीए नेपालको आर्थिक सहयोगमा संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रयोग हुने ती सामग्री आइतवार हस्तान्तरण गरिएको छ ।


सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा, पूर्व अध्यक्ष सिता राना, कार्यक्रम संयोजक पुस्कर शर्मा लगाएतको टोलीले पंचदेवल विनायक नगरपालिकामा मेयर देवराज देवकोटा र उपमेयर अम्बिका चलाउनेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । यस्तै टोलीले आठबीस नगरपालिकामा मेयर खड्गराज उपाध्यायलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
पंचदेवल विनायक नगरपालिकालाई ५ हजार थान नर्मल मास्क, १ सय एन नाइन्टी फाइभ मास्क, २४० एमएलको २ सय बोटल हेण्ड स्यानीटाइजर, १० थान पलास्टिकको डस्वीन, २० थान १३ लिटरको स्टिलको फिल्टर र दुई सय थान १२५ ग्रामको साबुन हस्तान्तरण गरिएको हो ।


यस्तै आठबीस नगरपालिकालाई ५ हजार थान नर्मल मास्क, १ सय एन नाइन्टी फाइभ मास्क, २४० एमएलको २ सय बोटल हेण्ड स्यानीटाइजर, १० थान पलास्टिकको डस्वीन, २० थान १३ लिटरको स्टिलको फिल्टर र दुई सय थान १२५ ग्रामको साबुन हस्तान्तरण गरिएको हो ।
नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण र संक्रमितहरुको उपचारमा सहयोग पु¥याउन स्थानीय तहलाई स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरिएको बताए ।

प्रतिक्रिया