लुम्बिनीका सांसदद्धय शाही र श्रीवास्तव भन्छन् ‘हाम्रो समर्थन एमालेमै छ’

लुम्बिनीका सांसदद्धय शाही र श्रीवास्तव भन्छन् ‘हाम्रो समर्थन एमालेमै छ’

बुटवल : सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र प्रदेश सभा सदस्यले आफूहरू एमाले संसदीय दल छोडेर कतै नगएको बताएका छन् । प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले सोमबार विज्ञप्ति जारी गरी यस्तो बताएका हुन् । श्रीवास्तव कपिलवस्तु–२ ‘ख’ बाट र शाही नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित सांसद हुन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा सूर्य चिन्हबाट चुनाव लडेकाले आफूहरु एमाले संसदीय दलमै प्रतिवद्ध भएको र आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको उल्लेख छ ।
आइतबार माओवादी र कांग्रेससहितको गठबन्धनले उनीहरुले आफूलाई समर्थन गर्ने भन्दै हस्ताक्षर प्रस्तुत गरेका थिए । तर, विज्ञप्तिमा आइतबार माओवादीका कुलप्रसाद केसीलगायतले आफ्नो गठबन्धनको सरकार बनाउन लिएको हस्ताक्षर बदनियत र त्रुटिपूर्ण भएको बताएका छन् । प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तवले बदनियतपूर्वक हस्ताक्षर गराइए पनि आफूहरु एमालेमै रहेको र कतै नजाने बताए ।

प्रतिक्रिया