वीरेन्द्रनगरमा २५ शय्याको कोभिड अस्पताल संचालनमा

          |   प्रकाशित मितिः शुक्रबार, बैशाख २४, २०७८     ::: 347 पटक पढिएको   |  

सुर्खेत : सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकाले आजदेखि २५ शैयाको कोभिड अस्पताल (कटकुवा स्वास्थ्य चौकीमा) संचालनमा ल्याएको छ ।

अस्पतलको नगर प्रमुख श्री देवकुमार सुवेदीले अस्पताल सन्चालनमा आएसङ्गै कोभिडका कारण उपचार नपाइने अबस्थाबाट थोरै भए पनि नगरवासीलाई राहत पुग्ने अपेक्षा गरेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, उप प्रमुख शमोहनमाया ढकाल, प्रदेश अस्पतालका कन्सलटेन्ट चिकित्सकहरू डा. नवराज केसी, डा. प्रदिप न्यौपाने (स्वतःस्फूर्त सहयोग), प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, डा.अर्चना कार्की र नर्सिङ स्टाफहरू, जनस्वास्थ्य शाखा र कोभिड ब्यवस्थापन टिम लगायतको उपस्थिति रहेको थियो।

अस्पतालबाट अक्सिजनसहित डाक्टर तथा नर्सको सेवा उपलब्ध रहने जानकारी नगरपालिकाले दिएको छ ।



Leave a comment

Your email address will not be published.


*