सामूहिक राजीनामाको बेला भइसकेको छैन् : बुढा

सामूहिक राजीनामाको बेला भइसकेको छैन् : बुढा

काठमाडौैं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद २०५४ साल फागुन २१ को मोडमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २ मा फर्कन इन्कार गर्दै आफ्नो ढिपी नत्यागेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले सामूहिक राजीनामाको तयारी गरिरहँदा सांसद राजबहादुर बुढाले अझै सम्भावना बाँकी रहेको बताएका छन् ।

“नेताहरूले हामीलाई राजीनामाको तहमा पुर्याउनुहुन्न होला,” विगतमा अन्तिम घडीमा नेताहरूले विवेक पुर्याएको उदाहरण दिँदै सांसद बुढाक्षेत्रीले भने, “पार्टी जीवनमा कठिन घडी आइपुगेको छ । यस्तो बेला दुवै नेताले विवेक पुर्याउनुपर्छ । हामी सांसद संयमित हुनुपर्छ ।”

यो गम्भीर अवस्थामा कि पार्टी दुर्घटनामा जाने कि निकासको क्षितिज उघ्रने भन्दै दैलेख–२ बाट निर्वाचित सांसद रहेका उनले अहिल्यै राजीनामा दिइनहाल्न सांसदहरूलाई सुझाए पनि ।“मेरो हकमा, म निर्णय लिइसक्ने तहमा पुगेको छैन । भोलि १२ बजेसम्मको समय बाँकी छ । नेताहरूबीच संवादहरू पनि होलान् । मिल्दै मिलेन भने मैले लिने निर्णय सुरक्षित छ,” उनले भने । बाह्रखरीबाट

प्रतिक्रिया