बाल हेल्पलाइनद्धारा दैलेख र कालिकोटमा ‘हेल्प डेक्स’ सञ्चालन

बाल हेल्पलाइनद्धारा दैलेख र कालिकोटमा ‘हेल्प डेक्स’ सञ्चालन

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित बाल हेल्पलाइनले हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई लक्षित गर्दै हेल्प डेक्स सञ्चालनमा ल्याईएको हो । निशुल्क टेलिफोन सेवा बाल हेल्पलाइन १०९८ ले आपत्तकालिन सेवाको लागि हेल्प डेक्स सञ्चालनमा ल्याएको हो ।

No description available.


कोरोना भाइरस (कोभिड–१९) का कारण बालबालिकामा पर्ने र पर्न सक्ने जोखिम व्यवस्थापनका लागि हेल्प डेक्स स्थापना गरी सञ्चालनमा ल्याईएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले जानकारी दिइन् । हेल्प डेक्सबाट बालबालिकालाई तत्काल उद्धार, पुर्नस्थापना, मनोसामाजिक विमर्श, स्वास्थ्य सम्बन्धी प्राथमिक उपचार सेवा लगाएतका सेवाहरु आपत्तकालिन सेवा प्रदान गरिने श्रेष्ठले जानकारी दिइन् । जोखिममा परेका बालबालिकाले निशुल्क टेलिफोन सेवा बाल हेल्पलाइन १०९८, ०८९–४१०२२२, ९८५८०३६२२२ मा फोन गर्न सकिनेछ ।

यसैबिच सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा कालिकोट जिल्लामा सञ्चालित बाल हेल्पलाइनले समेत हेल्प डेक्स सञ्चालनमा ल्याईएको छ । कालिकोटस्थित निशुल्क टेलिफोन सेवा बाल हेल्पलाइन १०९८ ले आपत्तकालिन सेवाको लागि हेल्प डेक्स सञ्चालनमा ल्याएको हो । कोभिड–१९ को महामारीमा बालबालिकाहरुको लागि आपत्तकालीन उद्धार, राहत, संरक्षण तथा मनोसामाजीक सहयोगको लागि हेल्प डेक्स संचालन गरिएको बाल हेल्पलाइन १०९८ कालिकोटका संयोजक संगिता वलीले जानकारी दिइन् ।

प्रतिक्रिया