दैलेखमा ३२ बर्षीया युवकको कोरोना संक्रमणका कारण मृत्यु

दैलेखमा ३२ बर्षीया युवकको कोरोना संक्रमणका कारण मृत्यु

दैलेख : दैलेखमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीको मृत्यु भएको छ । बुधवार साँझ ३२ बर्षीया युवकको मृत्यु भएको हो । जिल्लाको पश्चिममा पर्ने ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ती युवकलाई अस्पताल पु¥याएको एक घण्टा नबित्दै मृत्यु भएको हो । उनलाई दैलेख अस्पतालको आइसोलेसनमा ल्याईपु¥याए लगत्तै उपचार थालिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको आइसोलेसन अस्पतालमा कोरोनाका बिरामीहरुको उपचारमा खटिएकी डा. सुशिला कटुवालले जानकारी दिइन् ।
स्वास्थ्यमा समस्या देखिएपछि परिवारको सहयोगमा उनलाई बुधवार विहान ठाँटीकाँध गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा पु¥याईएको थियो । त्यहाँ गरिएको एन्टिजेन परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य केन्द्रले रिफर गरेपछि दैलेख अस्पतालको आइसोलेसनमा ल्याई पु¥याएको मृतकका आफन्तले बताए ।
यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । यस्तै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार १ सय ५५ पुगेको छ । मंगलवार थप ८५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए ।
निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीका अनुसार हालसम्म १ हजार ६ सय १६ जना कोरोेनाका बिरामी निको भईसकेका छन् । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय २५ जना छ । ती मध्ये दैलेख अस्पतालको आइसोलेसनमा ३७ जना कोरोनाका बिरामी उपचाररत छन् भने ४ सय ८८ जना कोरोनाका बिरामी घरमै छन् ।

प्रतिक्रिया