आमालाई कुटपिट गरेकोे भन्दै बन्चरो प्रहार गरी बाबुको हत्या

आमालाई कुटपिट गरेकोे भन्दै बन्चरो प्रहार गरी बाबुको हत्या

डुङ्गेश्वर गाउँपालिका–६ माथिल्लो डुङ्गेश्वरस्थित मृतक नहकुलको परिवार बसोबास गर्दै आएको घर ।

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकामा छोराले बन्चरो प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ईन्द्रजित सुनारका अनुसार डुङ्गेश्वर गाउँपालिका–६ माथिल्लो डुङ्गेश्वर बजारका २१ बर्षीय विकास बुढाले आफ्नै बुबा ४७ बर्षीय नहकुल बुढाको बन्चरो प्रहार गरी हत्या हुन् ।
माथिल्लो डुङ्गेश्वर बजारमा बसोबास गर्दै आएका विकासले शुक्रवार दिउँसो आफ्नै बुबालाई बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट गम्भिर घाइते भएका नहकुलको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।
आफ्नै बुबामाथी बन्चरो प्रहार गरेर हत्या गर्ने विकासलाई प्रहरीले नियन्त्रणमा लिईसकेको प्रहरी निरीक्षक सुनारले बताए । घटनाको थप अनुसन्धान भईरहेको उनले जानकारी दिए । आमालाई ढुंगाले हानेको चोटले रगत बगेको देखेपछि आक्रोसमा बञ्चरो प्रहार गर्दा बुबाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक सुनारले बताए ।
विकासका बुबाले मदिरा सेवन गरेर आमा डम्बरी कुमारी बुढासँग दिनहुँ झगडा गर्ने र कुटपिट गरेको भन्दै विकासले बुबामाथी बन्चरो प्रहार गरेको स्थानीय बासिन्दाले बताउँछन्। ‘नहकुलले मदिरा सेवन गरेर श्रीमती डम्बरीसँग झै–झगडा गर्ने, कुटपिट गर्ने, मानसिक यातना दिने गर्थे,’ स्थानीय भन्छन् ‘शुक्रवार पनि बुबाले आमालाई कुटपिट गरेको रिसमा विकासले आफ्नै बाबु माथी बन्चरो प्रहार गरेका हुनसक्छ ।’

प्रतिक्रिया