दैलेखमा कोरोनाले १७ को निधन

दैलेखमा कोरोनाले १७ को निधन

दैलेख : दैलेखमा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण शनिवार भैरबी गाउँपालिका–३ का ७३ बर्षीया महिलाको मृत्यु भएको थियो । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट १७ जनाको मुत्यु भएकोे हो । स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार २०७७ मा दैलेखमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको थियो । बैशाखयता मात्रै ११ जनाको मृत्यु भएको हो । वैशाख लागेसँगै सुरु भएको कोरोनाको दोस्रो लहरले दैलेखलाई पनि गाँजेको छ ।
आज (आइतवार) ३७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ३ सय २१ छ । हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय ९३ जना रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । उनका अनुसार हाल ३६ जना मात्रै आइसोलेसनमा उपचाररत छन् । यस्तै ४ सय ५७ जना कोरोनाका बिरामीहरु होम आइसोलेसनमा छन् । जिल्लामा १ हजार ८ सय ११ जनाले कोरोना संक्रमणबाट निको भईसकेका छन् ।

प्रतिक्रिया