कोरोनाविरुद्ध बालबालिका : घर–घरमा आचारसंहिता (फोटोफिचर)

कोरोनाविरुद्ध बालबालिका : घर–घरमा आचारसंहिता (फोटोफिचर)

दैलेख : दैलेखको भैरबी गाउँपालिकाका बालबालिकाहरु समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन जुटेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आफ्नो घर तथा समुदायमा फैलिन नदिन बालबालिकाहरुले सृजनशिलता देखाउँनुका साथै समुदायमा सचेतना फैलाउन जुटेका हुन् ।

गाउँपालिकामा रहेका चिल्ड्रेन सेफ, समाज सुधार, सहनशिलता र म्यारीगोल्ड बाल क्लबमा आबद्ध ५४ जना बालबालिकाहरुले कोरोनाका लक्षण, बच्ने उपायको सन्देशमुलक चित्र तथा अचासंहिता निर्माण गरिसकेका छन् । उनिहरुले कोरोनाका लक्षण, बच्ने उपायको सन्देशमुलक चित्र बनाएका छन् । सन्देशमुलक चित्र र आचारसंहिता आ–आफ्नो घरको दैलोमा टाँसेका छन् । बालबालिकाले आफ्नो घरसँगै वडा कार्यालय लगाएतका सार्वजनिक स्थानमा समेत आचारसंहिता र सन्देशमुलक चित्र टाँसेका छन् । बालबालिका जुटेको अभियानमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले सहजिकरण गरिरहेको छ । उक्त गाउँपालिकामा एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजना सञ्चालित छ ।


बालबालिकाले कोरोनाबाट बच्न निर्माण गरेको आचारसंहितामार्फत परिवारका सबै सदस्यहरुले नियमित रुपमा साबुनपानीले मिचिमिचि हात धुन, जथाभावी भीडभाड नगर्न, नियमित रुपमा मास्कको प्रयोग गर्न घरपरिवार र समुदायलाई आग्रह गरेका छन् । पानीलाई तताएर मात्रै पीउन, पोषणयुक्त खानेकुरा खान, खानेकुरालाई राम्ररी पकाएर मात्र खान, व्यक्ति व्यक्तिबिचको दुरी कायम गर्न आचारसंहितामा उल्लेख गरेका छन् । त्यतिमात्रै होइन बालबालिकाले बाल विवाह नगर्ने र महिनावारीलाई मर्यादित बनाउन आचारसंहितामा उल्लेख गरेका छन् ।
बालबालिकाले कोरोनाका लक्षण, बच्ने उपाएबारे समुदायमा सचेतना फैलाईरहेको बालबालिकालाई सहजिकरण गरिरहेकी सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका निर्मला नेपाली बताउँछिन् । ‘बालबालिकाले स्कुल बन्द भएको समयमा समयको सदुपयोग गरिरहेका छन्,’ निर्मला भन्छिन् ‘बालबालिकाको अन्तरनिहीत क्षमताको प्रस्फुटन भएको छ ।’

प्रतिक्रिया