प्रहरीलाई प्रिन्टर सहयोग

प्रहरीलाई  प्रिन्टर सहयोग

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठलाई प्रिन्टर हस्तान्तरण गर्दै सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा ।

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले जिल्ला प्रहरी कार्यालय दैलेखलाई प्रिन्टर सहयोग गरेको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनामार्फत प्रिन्टर सहयोग गरिएको हो । प्रिन्ट, फोटोकपी र स्क्यान गर्न मिल्ने प्रिन्टर सहयोग गरिएको हो ।
शुक्रवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठलाई प्रिन्टर हस्तान्तरण गरिएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखमा विभिन्न समस्या लिएर आउने महिला तथा बालबालिकाहरुलाई सहज होस् भन्ने उदेश्यले प्रिन्टर सहयोग गरिएको संस्थाका संस्थापक अध्यक्ष थापाले बताए ।ब
‘अहिले कोरोनाका कारण जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा बजारमा पसलहरु खुलिरहेका छैनन्, समस्या लिएर प्रहरीमा जाने महिला बालबालिकाहरु फोटोकपी वा प्रिन्ट गर्नलाई समस्या भईरहेको छ,’ संस्थापक अध्यक्ष थापाले भने ‘महिला र बालबालिकालाई लक्षित गर्दै प्रिन्टर सहयोग गरिएको हो ।’
प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहयोग प्रति धन्यवाद ज्ञापन गरे । उनले संस्था र प्रहरीले आपसी समन्वय र सहकार्य गरेर महिला बालबालबालिकाको समस्या समाधान गरिरहेको समेत बताए । ‘विगत देखिनै संस्था र प्रहरीको आपसी सहकार्य र समन्वयमा महिला बालबालिकाका विभिन्न समस्याहरु समाधान गरेका छौ,’ उनले भने ‘प्रहरीको आवश्यकतालाई ध्यानमा राख्दै प्राथमिकता दिएर सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले प्रिन्टर सहयोग गरेको छ, त्यसका लागि धन्यवाद ।’

प्रतिक्रिया