खाद्यान्नको पासमा मदिराको ओसारपसार

खाद्यान्नको पासमा मदिराको ओसारपसार

निषेधाज्ञाको समयमा लुकाईछिपाई ओसारपसार गरिएको मादक पदार्थहरु । 

दैलेख : दैलेखमा खाद्यान्न ढुवानीको लागि सवारी साधन सञ्चालन गर्ने अनुमती लिएर मदिराको ओसार पसार भईरहेको पाईएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी निषेधाज्ञाको समयमा खाद्यान्न बोक्ने बाहानामा मदिरा ओसार पसार भएको पाईएको हो । दैलेख प्रहरीले मदिरासहित नियन्त्रणमा लिएपछि खाद्यान्न ढुवानीका लागि लिएको पासको दुरुपयोग भएको पाइएको हो ।

खाद्यान्न बोकेको ट्रकमा लुकाई छिपाई मदिरा ओसार पसार गरेको पाईएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । कोभिड–१९ व्यवस्थापन र रोकथाम कार्यान्वयनको क्रममा सोमवार प्रहरी चौकी रानीमत्ता र प्रहरी चौकी तल्लो डुङ्गेश्वरको प्रहरी टोलीले खाद्य सामाग्री बोकेको सवारी साधनहरु चेक जाँच गर्ने क्रममा मदिरा ओसार पसार भएको फेला पारेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

भे १ क ३६४ नम्बरको ट्रकबाट लुकाई छिपाई राखिएको निषेधित गरिएको मादक पदार्थहरु लिचि १ सय ५० कार्टुन (४ हजार ५ सय थान) र ३ कार्टुन वियर (३६ थान) बरामद गरी नियन्त्रणमा राखिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया