दैलेख अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया, आमा र शिशुको अवस्था सामान्य

दैलेख अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया, आमा र शिशुको अवस्था सामान्य

दैलेख : जिल्लाकै ठूलो अस्पताल दैलेख अस्पतालमा कोरोना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको छ । कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रियामार्फत छोरा जन्मिएको अस्पतालका डा. जगत थापाले जानकारी दिए । उनका अनुसार दुल्लु नगरपालिका–९ की १८ बर्षीया कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरिएको हो ।
कोरोनाका लक्षणहरु देखिएपछि ती महिलाको कोरोना परीक्षण गरिएको थियो । परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएकै दिन शल्यक्रिया गरिएको डा. थापाको भनाई छ । अस्पतालका डा. जगत थापा, डा. जीवन ज्ञवाली, डा. विश्वबन्धु खड्का, डा. जीना सापकोटा, एनएसथेसिया एसिस्टेन्ट कृष्णदेव जोसीको टोलीले शल्यक्रिया गरेको थियो ।
अहिले आमा र नवजात शिशुको अवस्था सामान्य रहेको डा. थापाले बताए । सुत्केरी महिला र नवजात शिशुलाई अहिले दैलेख अस्पतालमै राखिएको छ । ती महिलालाई अस्पतालका डा. विवेक गुरुङ्गले रक्तदान गरका थिए ।
दैलेख अस्पतालमा जेठ पहिलो साताबाट शल्यक्रियाबाट प्रसुती सेवा सुचारु भएको छ । जनशक्ति अभावमा तीन महिनादेखि रोकिएको शल्यक्रियाबाट प्रसुती सेवा सुचारु भएको थियो । सेवा सुरुभएसँगै सेवा सुरु भएसँगै गत मंगलवार राती एक जना गर्भवतीको सफल शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया