राउटेलाई खाद्यन्न सहयोग

राउटेलाई खाद्यन्न सहयोग


दैलेख : राउटे नागरिकहरुको कोरोना परीक्षणसँगै खाद्यान्न समेत सहयोग गरिएको छ । एईआएन लक्जेम्बर्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले खाद्यान्न सहयोग गरेको हो । निषेधाज्ञाको समयमा राउटे नागरिकहरुलाई खाद्यान्नको अभाव नहोस् भन्ने उदेश्यले खाद्यान्न सहयोग गरिएको हो । अहिले राउटे बस्तीमा ४६ परिवारका एक सय ४३ जना जनसंख्या छ । प्रतिपरिवार एक बोरो चामल, तेल, दाल र खुर्सानी वितरण गरिएको सोसेक दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिए । खाद्यन्नसहित राउटे नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य सामग्रीहरु मास्क, सेनीटाइजर समेत वितरण गरिएको संस्थापक अध्यक्ष थापाले बताए ।
संस्थाले झण्डै तीन बर्ष समुदायको शिक्षा, स्वास्थ्य सहितको सामाजिकीकरणका लागि राउटे परियोजना सञ्चालन गरेको थियो । ‘परियोजना सञ्चालनको अवधी सकिएपछि हालै संस्था मार्फत एक जना स्वास्थ्यकर्मी (अहेव) खटाएका छौ, राउटे बस्तीमा स्वास्थ्यकर्मीले राउटे नागरिकहरुको स्वास्थ्य उपचारमा रेखदेख गर्नेछन् ।’ राउटे नागरिकहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोती जनैघाट स्थित भेरी नदि किनारमा बसोबास गर्दैै आएका छन् ।

प्रतिक्रिया