गुराँस गाउँपालिकालाई पाँच सय एन्टिजेट किट प्रदान

गुराँस गाउँपालिकालाई पाँच सय एन्टिजेट किट प्रदान

गुराँस गाउँपालिकालाई एन्टिजेन किट सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिँदै । 

दैलेख : कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता विभिन्न संघसंस्थाबाट दैलेख अस्पताल र जिल्लाका स्थानीय सरकारहरुलाई सहयोग प्रदान भईरहेको  छ । बुधवारमात्रै दैलेखको गुराँस गाउँपालिकालाई एन्टिजेन किट सहित स्वास्थ्य सामग्री प्रदान गरिएको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा गुराँस गाउँपालिकामा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले सामग्री प्रदान गरेको हो ।
गाउँपालिकालाई पाँच सय एन्टिजेन किट सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सोसेकका कार्यक्रम निर्देशक नवराज बिसीले बताए । एन्टिजेन किटबाट गरिएको परीक्षणबाट तत्काल कोरोना संक्रमण भए नभएको पत्ता लगाउन सकिन्छ । पाँच सय एन्टिजेन किट सहित १० वटा हस्पिटल बेड, एक सय वटा पीपिई सेट, १० वटा डेड बडी ब्याग सहयोग हस्तान्तरण गरिएको हो ।
त्यसैगरी १६ लिटरको दुई वटा इस्प्रे पम्प, ५ सेट पल्स अक्सिमिटर, दुई हजार पीस सर्जिकल मास्क र ५ सय जोडी ग्लोब्स सहयोग हस्तान्तरण गरिएको कार्यक्रम निर्देशक बिसीले बताए । गुराँस गाउँपालिकाले रानीमत्तामा सञ्चालनमा ल्याएको कोभिड–१९ अस्पतालका लागि एन्टिजेन किट सहित स्वास्थ्य सामग्री सहयोग गरिएको बिसीको भनाई छ ।
बुधवार गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली, स्वास्थ्य शाखाका कर्मचारीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष ओलीले परियोजनाले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा महत्वपूर्ण सहयोग गरेको उल्लेख गरे । उनले अब आवश्यकता अनुसार एन्टिजेनमार्फत कोरोना परीक्षण गर्न सकिने बताए ।

प्रतिक्रिया