सिकाई निरन्तरता, कोभिडबाट बच्न घरैपिच्छे आचारसंहिता !

सिकाई निरन्तरता, कोभिडबाट बच्न घरैपिच्छे आचारसंहिता !

दैलेख : सन् २०२० को अधिकांश समय कोभिड १९ महामारीका कारण नेपालका अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्रपनि प्रभावित बन्यो । हाल कोरोना भाइरसको नयाँ भेरियन्टबाट नेपाल पुःन प्रभावित बनिरहेको छ । दैलेख सहित नेपालका अधिकाँश जिल्लामा निषेध आदेश जारी गरिएको छ । कोरोना संक्रमणको चक्र फैलन थालेपछि झन्डै एक वर्षपछि लयमा फर्कंदै गरेका देशभरका शिक्षण संस्था पनि प्रभावित हुन भएका छन् । कोरोना संक्रमण फेरि फैलन थालेपछि देशभरका शिक्षण संस्था प्रभावित छन् ।

हुन त यतिबेला विश्वकै शैक्षिक क्षेत्रले पनि अत्यन्तै विकराल र भयावह परिस्थितिको सामाना गर्नु परिरहेको छ । नेपाल पनि त्यसबाट अछुतो रहन सकेन् । नेपालका सम्पूर्ण विद्यालय, कलेज र विश्वविद्यालयहरु बन्द छन् । विद्यार्थीहरुको दैनिक पठनपाठन र नियमित परीक्षाको तालिका अबरुद्ध भएको छ । सबै विद्यालय, कलेज र विश्वविद्यालयहरुका नियमित वार्षिक परीक्षाहरु रोकिएका छन् । जसका कारण परीक्षा तयारीमा रहेका हजारौं विद्यार्थीहरु आफ्नो शैक्षिक भविषय के हुने हो भन्ने मनोवैज्ञानिक दोधारमा परेका छन् । परिणामस्वरूप, नेपालका लाखौँ बालबालिकाको शिक्षा र भविष्य जोखिममा परेको   छ ।

यस्तो बेलामा गुराँस गाउँपालिकाका बालबालिकाहरुले भने घरमै बसेर पढाईलाई निरन्तरता दिईरहेका छन् । गुराँस गाउँपालिका वडा नम्बर ८ का बालबालिकाहरुले समयतालिका निर्माण गरेर पढाईलाई निरन्तरता दिनुका साथै कोरोना संक्रमण फैलिन नदिने उपाएहरु लागु गरिरहेका छन् । बालबालिकाले कोरोना संक्रमणबाट बच्न घरघरमा आचारसंहिता निर्माण गरेका छन् । बालबालिकाहरुले समय तालिका निर्माण गरेर शैक्षिक क्रियाकलापहरुमा आफुलाई व्यस्त बनाइराखेका छन् भने अर्को तर्फ घरपरिवार र समुदायलाई समेत सचेत पारिरहेका छन् । बालबालिकाले कोरोनाबाट बच्न चित्र बनाएर घरको दैलोमा राखेका छन् । कोरोना संक्रमणको लक्षण, बच्ने उपाएबारे घरपरिवार र समुदायमा जानकारीमुलक सामग्री निर्माण गरेका वडास्तरिय बाल संजालका अध्यक्ष भुपेन्द्र सुनारले बताए ।

गुराँस गाउँपालिका वडा नम्बर ८ मा रहेका वडास्तरिय बाल सञ्जाल र मालिका बाल क्लबका सदस्यहरुले निर्माण गरेको आचारसंहितामा कोरोनाबाट बच्न व्यक्ति व्यक्ति बिचको दुरी २ मिटर कायम गर्र्नुपर्ने उल्लेख छ । त्यतिमात्रै होइन अनिवार्य मास्कको प्रयोग, भीडभाडमा जान नहुने, साबुन पानीले हात धुनुपर्ने, कोरोनाका कारण विद्यालय बन्द रहेका कारण घरमै बसेर अध्ययन गर्ने उल्लेख छ ।

बालबालिकाले गरिरहेका नविनतम् कार्यले बालबालिकाको सिकाइले निरन्तरता पाउनुका साथै उनीहरूको दिनचर्यामा सामान्यताको भावना स्थापित गराएको छ । त्यसका साथै बालबालिकाहरुको अन्तरनिहित क्षमताको प्रस्फुटन समेत भएको छ ।

यति मात्र होइन, गुराँस गाउँपालिका वडा नम्बर ८ मा रहेका वडास्तरिय बाल सञ्जालका १६ जना र मालिका बाल क्लबका २५ जना सदस्यहरु साबुन पानीले हात धुने तरिकाहरु समेत सिकेका छन् । बाल सञ्जालमा आबद्ध भएका बालबालिकाहरुले साबुन पानीले हात धुने ६ तरिका सिक्ने गरेका हुन् । बालबालिकाले कोरोना भाइरस विरुद्धको लडाईंमा अत्यन्तै प्रभावकारी रहेको साबुन पानीले हात धुने तरिका आफुसँगै घरपरिवार र समुदायमा समेत सिकाउने गरेका छन् । सहि तरिकाले साबुन पानीले हात धुनु कोरोना भाइरस विरुद्धको लडाईंमासबैभन्दा सस्तो र प्रभावकारी मानिन्छ ।

बालबालिकाले गरिरहेको नविनतम् कार्यमा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रा परियोजनाले सहजिकरण गरेको छ । परियोजनाका अनुसार गाउँपालिकाभर ३ वटा वडास्तरिय बाल संजाल र ८ वटा बाल क्लबका १ सय २१ जना बालबालिकाले ७० घरमा कोरोनाबाट बच्ने उपाए सहितको आचारसंहिता निर्माण गरिएको छ । बालबालिकाहरुले समयतालिका निर्माण गरेर घरमै सिकाईलाई निरन्तरता दिएका छन् ।

 

प्रतिक्रिया