दैलेख अस्पताललाई प्रहरीले दियो अक्सिजन कन्सेन्ट्रेटर

दैलेख अस्पताललाई प्रहरीले दियो अक्सिजन कन्सेन्ट्रेटर

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले दैलेख अस्पताललाई अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध गराएको छ । विश्वभरी महामारीको रुपमा देखापरेको नयाँ भेरियन्टसहितको कोभिड –१९ रोगबाट संक्रमितहरुलाई उपचारमा सहयोग तथा जोखिम नियन्त्रणमा सहजिकरण होस भन्ने उद्देश्यले प्रहरीले अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठ, प्रहरी निरिक्षक ईन्द्रजित सुनार, प्रहरी निरिक्षक राजेश कुमार तेली र प्रहरी कर्मचारीहरु केशवसिंह सावँद, प्रेमप्रसाद शर्मा, लालबहादुर शाही, जनार्दन थापा, वेद बहादुर बुढाथोकी र अर्जुन विक गरी ९ जनाले रकम संकलन गरी अक्सिजन कन्सेन्ट्रेटर खरिद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत इच्छुक प्रहरी कर्मचारीहरुले आफ्नो तलबबाट केहि रुपैँया छुट्याएर कोभिड १९ रोगबाट संक्रमितहरुलाई उपचारमा सहयोग तथा जोखिम नियन्त्रणमा सहजिकरण होस भन्ने उद्देश्यले अत्यावश्यक स्वास्थ्य उपकरणको रुपमा रहेको अक्सिजन कन्सेन्ट्रेटर अस्पताललाई हस्तान्तरण गरिएको प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले बताए । आइतवार डिएसपी श्रेष्ठले स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिरप्रसाद रेग्मी र डा. जगत थापालाई संयुक्त रुपमा १० लिटरको अक्सिजन कन्सेन्ट्रेटर र १० थान अक्सिजन मास्क हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया