कर्णाली प्रदेश सभा : एमालेद्वारा सदन अवरुद्ध

कर्णाली प्रदेश सभा : एमालेद्वारा सदन अवरुद्ध

सुर्खेत : नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले नैतिक पतन भएको अभियोग पुष्टि भइसकेका अम्मर थापा मन्त्रीबाट नहटेसम्म सदन चल्न नसक्ने बताएका छन् । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सदन शुरू हुनासाथ बोल्दै नेता यामलाल कंडेलले नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राखेको ? भन्दै प्रश्न गरे । उनले भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापालाई तत्काल बर्खास्त गरेर सदन चलाउने वातावरण निर्माण गर्न अनुरोध गरेका छन् । एमालेले सदन अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि सदन स्थगित गरेका छन् ।

‘कुनै पनि व्यक्तिले राजनितिक निर्णय लिन पाइन्छ अपराध गर्न पाइँदैन । नैतिक पतन भएको व्यक्ति मन्त्री भएको राम्रो हैन । जबसम्म यो स्थिति रहिरहन्छ तबसम्म अधिवेशन चल्न सक्दैन । सरकार अधिवेशन चलाउन चाहन्छ भने त्यस्ता व्यक्तिलाई हटाउनुस् । ‘बजेट, नीति कार्यक्रम ल्याउनुछ । त्यसमा हामी सकारात्मक छौँ । यो स्थितिको अन्त्य सरकारले गरोस । रचनात्मक सहयोग गर्न तयार छौँ ।’

उनले भने, ‘संसद राजनितिक थलो हो । यहाँ दल छान्न र बदल्न सकिन्छ । राजनितिक अपराध गरेकाहरूसँग हामी बस्न सक्दैनौं । अदालतले अपराध पुष्टि गरेका ब्यक्ति झण्डा हल्लाएर प्रदेश सभामा प्रवेस गरेका छन् । नेकपा एमाले यो अवस्थालाई टुलुटुले हेरेर बस्न सक्दैन ।’ उनले सदनको मर्यादा माथी प्रश्न चिन्ह उठेको बताउँदै लोकतन्त्रको मूल्य मान्यता जोगाउन सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया