कालिकोटका स्थानीय तह, प्रहरी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

कालिकोटका स्थानीय तह, प्रहरी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग


दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले कालिकोटका स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न प्रयोग हुने स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
जिल्लाको पलाँता गाउँपालिका, खाँडाचक्र नगरपालिका, जिल्ला प्रहरी कार्यालय कालिकोट, सशस्त्र प्रहरी बल, नेपाल कालिकोट, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोटलाई स्वास्थ्य सामग्री प्रदान सहयोग गरिएको हो । एईआएन लक्जेम्बर्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

संस्थाका अनुसार कालिकोटको पलाँता गाउँपालिकालाई ५ हजार थान सर्जिकल मास्क, २ सय ५० बोटल सेनीटाइजर, १० थान अक्सिमिटर, २० थान फेससिल्ड, एक सय थान एननाइन्टीफाइभ मास्क, २ सय जोर सर्जिकल ग्लोब्स, ५ सय एमएलको ५० बोटल सेनीटाइजर, १० सेट पीपिई, ५ सेट कोलोरीन र स्प्रे ट्यांकी सहयोग गरिएको हो ।

यस्तै खाँडाचक्र नगरपालिकालाई २ हजार थान सर्जिकल मास्क, ५० बोटल सेनीटाइजर, २ थान अक्सिमिटर, १० थान फेससिल्ड, २० थान एननाइन्टीफाइभ मास्क, एक सय जोर सर्जिकल ग्लोब्स, ५ सय एमएलको १० बोटल सेनीटाइजर र ५० सेट पीपिई सहयोग गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा, पूर्व अध्यक्ष सिता राना लगाएको टोलीले नगरपालिकामै पुगेर नगरपालिकाका मेयर जसी प्रसाद पाण्डेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय कालिकोटलाई एक हजार थान सर्जिकल मास्क, २४० एमएलको ५० बोटल सेनीटाइजर, २ थान अक्सिमिटर, १० थान फेससिल्ड, ५० वटा एननाइन्टीफाइभ मास्क, एक सय जोर सर्जिकल ग्लोब्स र पाँच सय एमएलको १० बोटल सेनीटाइजर सहयोग गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा, पूर्व अध्यक्ष सिता राना लगाएको टोलीले जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चक्रबहादुर शाहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

यस्तै सशस्त्र प्रहरी बल, नेपाल कालिकोटलाई ५ सय थान सर्जिकल मास्क, २५ वटा एननाइन्टी फाइभ मास्क, २४० एमएलको ५० बोटल सेनीटाइजर र ५ सय एमएलको ५ बोटल सेनीटाइजर सहयोग गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा, पूर्व अध्यक्ष सिता राना लगाएको टोलीले सशस्त्र प्रहरी बल, नेपाल कालिकोट डिएसपी रामबहादुर पाली बोगटीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाले कालिकोटस्थित क्रियाशिल पत्रकारहरुका लागि समेत स्वास्थ्य सामग्री सहयोग गरेको छ । पत्रकारहरुका लागि नेपाल पत्रकार महासंघ कालिकोटलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । पत्रकारहरुका लागि ५ सय थान सर्जिकल मास्क, ५० बोटल सेनीटाइजर र ५० वटा एननाइन्टीफाइभ मास्क सहयोग गरिएको हो । स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टलाई हस्तान्तरण गरिएको छ ।

त्यसैगरी सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा कालिकोटमा सञ्चालित बाल हेल्पलाइन १०९८ तथा महिला बालबालिका केन्द्र्रलाई समेत स्वास्थ्य सामग्री उपलब्ध गराईएको छ । बाल हेल्पलाइन १०९८ तथा महिला बालबालिका केन्द्र्रका लागि एक हजार थान सर्जिकल मास्क, ५० बोटल हेण्डसेनीटाइजर, ४ थान अक्सिमिटर, १० थान फेससिल्ड, ५० वटा एननाइन्टीफाइभ मास्क, एक सय जोर सर्जिकल ग्लोब्स, ५ सय एमएलको १० बोटल सेनीटाइजर र ५ सेट कोलोरीन र स्प्रे ट्यांकी उपलब्ध गराईएको हो ।

 

प्रतिक्रिया