आइडियाद्वारा लेकबेशी नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

आइडियाद्वारा लेकबेशी नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

सुर्खेत : कोभिड १९ महामारीविरुद्ध लड्नका लागि आइडिया नेपालले सुर्खेतको लेकबेशी नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । विकास, सशक्तिकरण र सचेतनाका लागि लगानी (आइडिया) नेपाल सुर्खेतका सचिव राज विश्वकर्माले लेकबेशी नगरपालिकाका मेयर गगन सिं सुनारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

कोरोना बिरामीको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन नगरपालिकालाई १० लिटरको दुई वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको सचिव राज विश्वकर्माले बताए । २ थान अक्सिजन कन्सन्ट्रेटर सहित १ थान अक्सिमिटर, २ सेट पीपिई र एक प्याकेट सर्जिकल ग्लोब्स सहयोग गरिएको विश्वकर्माले बताए ।

अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा लेकबेशी नगरपालिका उपमेयर शान्ति कुमारी छन्तेल, डा. तपेन्द्र कोईराला, शाखा अधिकृत नारायणदत्त तिवारी, जनस्वास्थ्य निरिक्षक कर्णबहादुर आचार्य लगाएत नगरपालिकाका जनप्रतिनीधिहरु सहभागि थिए ।
कार्यक्रममा नगरपालिकाका मेयर गगन सिं सुनारले कोरोना माहामारीमा नियन्त्रण तथा उपचारका सन्दर्भमा सहयोग पु¥याउने आइडिया नेपाललाई धन्यवाद ज्ञापन गरे । ‘कोरोनाका बिरामीहरुका लागि अक्सिजनको अभाव रहेको अहिलेको विषम परिस्थितिमा यी कन्सन्ट्रेटरले नागरिकको जीवन बचाउन एकदमै ठूलो महत्व राख्दछ’ मेयर सुनारले भने ।

गत वर्षपनि आइडिया नेपालले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका सन्दर्भमा स्वास्थ्य तथा सरसफाई सामग्री सहित खाद्यान्नको अभाव झेलिरहेका नागरिकहरुलाई खाद्यान्न उपलब्ध गराएको थियो ।

 

प्रतिक्रिया