भेरीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता

भेरीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता

जाजरकोट : भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मंगलवार मृत्यु भएको छ। उनकी दिदी नदीमा बेपत्ता भएकी छन्। एक किशोर घाइते भएका छन्। पश्चिम रुकुमको चौरजहारी नगरपालिका १२ दुरनेटाका अम्बर डाँगीकी ११ वर्षीय छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।जाजरकोट प्रहरीका अनुसार उनकी दिदी दीपा नदीमा बेपत्ता भएकी छन्। सँगै गएका सोही ठाँउका १७ वर्षीय रामबहादुर डाँगी घाइते भएका छन्। उनलाई नदीमा बग्दाबग्दै उद्धार गरिएको हो।

जाजरकोट भेरी नगरपालिका १ रावतगाँउमा रहेका आफन्त भेट्न आएका उनीहरु गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनी समेत बगेका थिए। गीता र रामबहादुरलाई तत्काल स्थानीयले उद्धार गरे पनि उपचारको क्रममा गीताको जाजरकोट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।  रामबहादुरको अवस्था भने सामान्य बन्दै गएको छ। बेपत्ता दीपाको खोजी भइरहेको भेरी नगरपालिका १ कालेगाँउका सहदेव बस्नेतले बताए।

प्रतिक्रिया