प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले प्रहरीलाई स्वास्थ्य तथा सुरक्षाका सामग्री सहयोग गरेको छ । एईआएन लक्जेम्बर्गको सहयोगमा संस्थाले जिल्ला प्रहरी कार्यालय दैलेखलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो । संस्थाले कोरोनाबाट सर्वसाधरणलाई बचाउन सडकमा खटिएका प्रहरीलाई स्वास्थ्य तथा सुरक्षाका सामाग्री सहयोग गरेको हो ।
संस्थाका अनुसार एक हजार पाँच सय थान सर्जिकल मास्क, १५ बोटल (२४० एमएल) स्यानीटाइजर, ५ बोटल (५०० एमएल) स्यानीटाइजर, ४ थान अक्सिमिटर, ७० थान एननाइन्टीफाइभ मास्क, ५०० थान ग्लोब्स, १० थान फेससिल्ड र २ सेट पीपिई सहयोग गरिएको हो ।
बुधवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठलाई स्वास्थ्य तथा सुरक्षाका सामग्री हस्तान्तरण गरेका छन् । कोरोना महामारीमा फ्रन्ट लाइनमा खटिने सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको संस्थापक अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया