कोभिड प्रतिकार्यका लागि अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री सहयोग

कोभिड प्रतिकार्यका लागि अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री सहयोग

दैलेख : दैलेखको भैरबी गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य तथा सुरक्षाका सामग्री सहयोग गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) प्रतिकार्यका लागि अक्सिजन सिलिण्डर सहित स्वास्थ्य तथा सुरक्षाका सामग्री सहयोग गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सहयोग गरेको हो । एईआएन लक्जेम्बर्गको सहयोगमा संस्थाले गाउँपालिकालाई दुई वटा अक्सिजन सिलिण्डर सहित स्वास्थ्य तथा सुरक्षाका सामग्री सहयोग गरेको हो ।

दुई वटा अक्सिजन सिलिण्डर सहित तीन हजार थान सर्जिकल मास्क, १ सय ५० बोटल (२४० एमएल) स्यानीटाइजर, ४० बोटल (५०० एमएल) स्यानीटाइजर, ८ थान अक्सिमिटर, ३० थान फेससिल्ड, २ सय ५० थान एननाइन्टीफाइभ मास्क, चार सय जोर ग्लोब्स, १८ सेट पीपिई र ५ सेट क्लोरीन र स्प्रे ट्यांकी सहयोग गरिएको हो ।

संस्थाले गाउँपालिकामा रहेका बाल संजाल, युवा संजाल, महिला संजालका सदस्यहरुलाई वितरण गर्नका लागि २ हजार थान मास्क, २४० एमएलको सय बोटल र ५०० एमएलको १० बोटल स्यानीटाइजर पठाएको छ ।

शुक्रवार ती सामग्री हस्तान्तरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी विस्ट, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली, इन्जिनियर हीरासिंह थापा लगाएतको उपस्थितीमा सामग्री हस्तान्तरण गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका निर्मला नेपालीले सामग्री हस्तान्तरण गरेकी हुन् ।

सामग्री हस्तान्तरणपछि गाउँपालिकाका अध्यक्ष बुढाले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहयोगले कोरोना भाइरस (कोभिड–१९) प्रतिकार्यका लागि सघाउ पुग्ने बताए ।

प्रतिक्रिया