सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

सप्तरी : सप्तरीमा सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । १३ वर्र्ष कैद सजाय पाएर फरार भएका तत्कालीन साविकको सकरपुरा गाविस-७ (हाल तिलाठी कोइलाडी गाउँपालिका-३)का लफन्दर भनिने ओमप्रकाश मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई गाउँमै फेला पारी नियन्त्रण्मा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले बताए ।मुखियालाई गाई चराउन गएकी १० वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सप्तरी जिल्ला अदालतले २०७५ असार ५ गते १३ वर्ष कैद सजाय फैसला गरेको थियो ।

घटना २०६४ साल असोज ९ गते भएको थियो । त्यसयता उनी फरार थिए । पक्राउ परेका मुखियालाई कैद भुक्तानको लागि अदालतले राजविराज कारागार चलान गरिसकेको छ । यो घटनामा अरु तीनजना पनि संलग्न थिए । उनीहरुलाई पनि १३ वर्ष कैद सजाय फैसला भएको थियो । एकजना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया