दलितलाई विभेद गर्ने मूलपूजारीले माफी मागे

दलितलाई विभेद गर्ने मूलपूजारीले माफी मागे

दैलेख : चामुण्डा बिन्द्रासैनी नगरपालिका-९ लयाटीमा रहेकाे बिन्द्रासैनी भगवती मन्दिरमा दलितलाई विभेद गरेका मूलपूजारीले सार्वजनिक रूपमा माफी मागेका छन् ।वैदिक परम्पराअनुसार मष्टाे पूर्णिमाकाे दिन हुने पूजामा कामी जातिका तिरुवाहरूकाे बाेका बली चढाउँदा टीका लगाउन नमानेकाे विषयमा दलित अगुवाले विराेध गरेपछि मूलपूजारी हाेता उपाध्यायले माफी मागेका हुन् ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका ३ का ३८ वर्षीय भरम विकलाई टीका लगाउन नमान्दा दलित अगुवाहरूले विराेध जनाएपछि मूलपूजारी उपाध्यायले माफी मागेकाे स्थानीय दानबहादुर सुनारले बताए । विवादले राेकिएकाे पूजा कार्यक्रम मूलपूजारीले माफी मागेपछि दिउँसो ३ बजेदेखि सुरु भएको थियाे ।

प्रतिक्रिया