कर्णालीमा धान दिवसका अवसरमा सार्वजनिक बिदा

कर्णालीमा धान दिवसका अवसरमा सार्वजनिक बिदा

दुल्लु नगरपालिका–१० नाविस्थान मन्दिर क्षेत्रमा आयोजित १६ औँ धान दिवस तथा रोपाई महोत्सबमा धान रोप्दै सहभागिहरु । तस्विर ज्वाला सन्देश फाइल 

सुर्खेत : असार १५ अर्थात धान दिवसको अवसर पारेर कर्णाली प्रदेशमा भोलि (मंगलबार) सार्वजनिक बिदा दिइने भएको   छ । कर्णाली प्रदेश सरकारको मन्त्री परिषद्को निर्णय अनुसारअसार १५ गते धान दिवसको अवसरमा सार्वजिनक बिदा दिइएको  हो ।

कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौं जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरूमा सार्वजनिक बिदा दिइने निर्णय भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार धान दिवसको दिनमा कृषिलाई प्रवद्र्धन गर्नको लागि सार्वजनिक बिदा दिइएको  हो ।

प्रतिक्रिया