रोकिएन ढुंगा, गिट्टी, बालुवाको अवैध उत्खनन्, प्रहरी भन्छ ‘२१ वटा सवारी साधन नियन्त्रणमा लिई कारबाहीका लागि पठायौँ’

रोकिएन ढुंगा, गिट्टी, बालुवाको अवैध उत्खनन्, प्रहरी भन्छ ‘२१ वटा सवारी साधन नियन्त्रणमा लिई कारबाहीका लागि पठायौँ’

दैलेख : मापदण्ड विपरीत दैलेखका विभिन्न नदी र खोलाबाट नदीजन्य वस्तुको व्यापक अवैध उत्खनन् र तस्करी भईरहेको छ । त्यस्ता गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय तहहरु र प्रहरी असफल भएको स्थानीय बासीहरु बताउँदै आएका छन् ।

ठेकेदारसँगको मिलेमतोमा नदीजन्य सामग्रीको व्यापक अवैध उत्खनन् र तस्करी मौलाएको स्थानीय नागरिकहरुको भनाई छ । दैलेखका कर्णाली नदि, छामघाट खोला, लोहोरे खोला लगाएतका नदीनालाबाट नदीजन्य वस्तु (ढुंगा, गिट्टी, बालुवा) को अवैध उत्खनन् बढीरहँदा पनि रोक्न नियमनकारी निकाय असफल रहेको स्थानीयवासीको गुनासो छ ।

यता जिल्ला प्रहरी कार्यालयले नदीजन्य वस्तु (ढुंगा, गिट्टी, बालुवा) को अवैध उत्खनन् रोकथाममा प्रयास गरिरहेको बताएको छ । प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले जेठ २५ गतेबाट असार १४ गतेसम्म जिल्ला दैलेखस्थित छामघाट खोलामा अवैध रुपमा गिट्टी बालुवा निकाली ओसार पसार गर्ने १ वटा स्काभेटर, ३ वटा टिप्पर, ७ वटा ट्याक्टर गरी ११ वटा सवारी साधन नियन्त्रणमा लिईएको बताए । नियन्त्रयणमा लिईका सवारी साधनहरुलाई आवश्यक कारबाहीको लागी जिल्ला समन्वय समितिमा पठाईएको डिएसपी श्रेष्ठले बताए ।

यो अवधीमा जिल्ला प्रहरी कार्यालय दैलेखको मातहत प्रहरी ईकाईहरुबाट पनि नदीजन्य वस्तु (ढुंगा, गिट्टी, बालुवा) को अवैध उत्खनन् रोकथाम गर्न लागिपरेको डिएसपी श्रेष्ठले बताए । उनका अनुसार इलाका प्रहरी कार्याल्य दुल्लुबाट २ वटा ट्याक्टर कारवाहीको लागी दुल्लु नगरपालीकामा पठाईएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय राकमकर्णालीबाट ४ वटा मिनि ट्रक कारवाहीको लागी आठबिस नगरपालीमा पठाईएको उनले बताए ।

त्यसैगरी प्रहरी चौकी पाल्तडाबाट पत्र सहित ३ वटा ट्याक्टर कारवाहिको लागी आठबिस नगरपालीकामा र प्रहरी चौकी भैरवीबाट १ वटा ट्याक्टर कारवाहिको लागी भैरवी गाउँपालिकामा पठाईएको डिएसपी श्रेष्ठले बताए । अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा निस्कासन र उत्खनन् रोकथाम गर्ने कार्य निरन्तर भईरहेको उनको भनाई छ ।

 

प्रतिक्रिया