राउटे युवतीमाथी यौन दुव्र्यवहार गर्ने युवाहरु कारागार चलान

राउटे युवतीमाथी यौन दुव्र्यवहार गर्ने युवाहरु कारागार चलान

दैलेख स् राउटे समुदायका युवतीहरुलाई होटलमा लगेर मदिरा सेवन गराई यौन दुव्र्यवहार गर्ने तीन जना युवालाई बुधवार कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले राउटे युवतीमाथि यौन दुव्र्यहार गर्ने तीन जना युवालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

जिल्ला अदालत सुर्खेतका अनुसार राउटे युवतीमाथी यौन दुव्र्यवहारका आरोपित चोमन भन्ने चौमनबहादुर घर्ती, भुपेन्द्र बुढामगर र मिलन भन्ने मनबहादुर पुनलाई कारागार चलान गरिएको हो । उनिहरुलाई करणी सम्बन्धी कसुर जबरजस्ती करणी अपराध मुद्दामा अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय छिन्चुले पक्राउ गरेको थियो । ती युवाहरुले राउटे समुदायका दुई युवतीलाई होटलमा लगेर मदिरा खुवाएर यौन दुव्र्यवहार गरेको भिडियो फेसबुक मार्फत सार्वजनिक भएको थियो ।

कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदाय हाल सल्यानको कालिमाटी गाउँपालिका–४ काल्व्ये स्थित किसान सामुदायिक वनमा बस्दै आएको इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले जनाएको छ । युवतीकाथी यौन दुव्र्यवहारको घटना हुँदा राउटे समुदाय सुर्खेतको गुर्भाकोट नगरपालिकाको आपसोती जनैघाटस्थित भेरी नदि किनारमा बसोबास गर्दैै आएका थिए ।

प्रतिक्रिया