बालिका बलात्कार प्रयास गर्ने पक्राउ

          |   प्रकाशित मितिः शुक्रबार, असार १८, २०७८     ::: 223 पटक पढिएको   |  

दैलेख : दैलेखमा एक बालिकामाथी सडकमै बलात्कार प्रयास भएको छ । नारायण नगरपालिका–८ तर्ताङस्थित पशु अस्पताल तथा पशु सेवा कार्यालयको पूर्व तर्फको सडकमै बालिकामाथी बलात्कार प्रयास भएको प्रहरीले जनाएको छ । बिहीवार दिउँसो साढे ४ बजे ती बालिका उक्त सडक हुँदै घर फर्किदै थिइन् । सडक छेउछाउ सल्लाघारी समेत छ ।

घरायसी काम सकेर घरतर्फ फर्किदै गरेकी बालिकामाथी जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) को आरोपमा १८ बर्षीया युवकलाई प्रहरीले पक्राउ गरेको छ । नारायण नगरपालिका–८ का १८ बर्षीया दिपेन्द्र नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले बताए ।

बालिकामाथी जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) को आरोपमा पक्राउ परेका युवक ।

मदिरा सेवन गरी सडकमै बसेका युवकले ती बालिकालाई सडकबाट तानेर जंगलतर्फ लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती युवकले गरेको बलात्कार प्रयासको प्रतिरोध गर्दा ती युवतीको आँखामा चोट लाग्नुका साथै नाक र मुखबाट रगत निस्किएको थियो । बलात्कार प्रयासमा प्रतिरोध गरेर बालिका बलात्कृत हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

प्रतिरोधका क्रममा बालिका चिच्याएको स्थानीयले थाहा पाएका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । बालिकामाथी बलात्कार प्रयास गरेका ती युवकलाई घटनास्थल नजिकैबाट पक्राउ गरेको हो ।

बालिकामाथी जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) को आरोपमा पक्राउ परेका ती युवकमाथी जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको छ । आरोपितलाई दैलेख जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमती लिई हिरासतमा राखेर थप अनुसन्धान थालेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

 



Leave a comment

Your email address will not be published.


*