मानव अधिकार समुहले नगरप्रमुखलाई बुझायो ध्यानाकर्षण पत्र

मानव अधिकार समुहले नगरप्रमुखलाई बुझायो ध्यानाकर्षण पत्र

दैलेख : नारायण नगरपालिका स्तरिय मानव अधिकार समुह, दैलेखले नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रवार ध्यानाकर्षण पत्र बुझाईएको हो । लक्षित वर्गलाई उच्च प्राथमिकता दिई स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाईएको हो ।समुहका संयोजक रेखा थापा, सह–संयोजक हिक्मत नेपाली, सदस्य यज्ञराज थापा लगाएतको टोलीले नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नगरप्रमुखलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ‘जेष्ठ नागरिक, महिला, दलित, जनजाती, बालबालिका, पिछडीएको समुदाय, अशक्त एवं अपाङ्गता भएका व्यक्तिहरु सामाजिक, सांस्कृति, आर्थिक तथा शैक्षिक रुपमा पछाडी परेका छन्, यस्ता समुदाय तथा व्यक्तिहरुको सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक विकासका लागि विगत देखि नै स्थानीय स्तरबाट समेत निश्चित प्रतिशत बजेट विनियोजन तथा कार्यक्रमहरु तय गरिँदै आएको छ ।’

ध्यानाकर्षण पत्रमा नारायण नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट निर्माण गर्दा जेष्ठ नागरिक, महिला, दलित, जनजाती, बालबालिका, पिछडीएको समुदाय, अशक्त एवं अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक, आर्थिक, सांस्कृतिक एवं शैक्षिक विकास हुनेगरी निश्चित प्रतिशत बजेट विनियोजन गरी सोहि अनुरुपको कार्यक्रम तय गर्न माग गरिएको छ ।

 

प्रतिक्रिया