लक्षित वर्गलाई दिइने सेवा सुविधा : लक्षित वर्गको विपन्नलाई दिइनुपर्छ

लक्षित वर्गलाई दिइने सेवा सुविधा : लक्षित वर्गको विपन्नलाई दिइनुपर्छ

दैलेख : जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले लक्षित वर्गलाई दिइने सेवा सुविधा लक्षित वर्गको विपन्नलाई दिइने प्रणालीको आवश्यकता औल्याएका छन् । सामाजिक विकास कार्यालय दैलेखले मंगलवार दैलेख सदरमुकाममा आयोजना गरेको दलित समुदायको मूलप्रवाहीकरण सचेतना कार्यक्रममा उनले सो विचार राखेका हुन् । नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लले दलित समुदायको जीवनस्तर उठाउन सके मात्र समाजको विकास सम्भव हुने बताइन् ।

सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नारायण नगरपालिकाका सहायक महिला विकास निरीक्षक पार्वती बोगटी, सामाजिक विकास कार्यालयका प्रास लिलाराम सापकोटा र नारायण नगरपालिकाका कार्यपालिका सदस्य मनकुमारी सुनारले तालिमको महत्व बारे प्रकाश पारेका थिए ।

मूल प्रवाहीकरणमा पत्रकार अमर सुनारले दलितहरुको जातीय पेशा व्यवसायको आधुनिकीकरणको खाँचो तथा राज्यले दलितहरुका लागि सुविधाको उचित सदुपयोग विषय र अधिवक्ता प्रेमबहादुर थापाले दलितको कानूनी अधिकार सन्दर्भमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया