राउटे समुदायले यसरी मनाउँछन् साउने संक्रान्ति

राउटे समुदायले यसरी मनाउँछन् साउने संक्रान्ति

दैलेख : लोपोन्मुख राउटे समुदाय दैलेखको गुराँस गाउँपालिकाको स्थायी बासिन्दा हुन् । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेलाई गाउँपालिकाले स्थायी बासिन्दाको परिचयपत्र उपलब्ध गराईसकेको छ । स्थायी परिचयपत्रका आधारमा राउटे समुदायलाई सामाजिक सुरक्षाभत्ता वितरणमा सहज भएको छ । गुराँस गाउँपालिका–८ मा बसोबास गरेका बेला परिचयपत्र वितरण गरिएपनि उनिहरु फिरन्ते जीवन बिताउँदै आएका छन् ।

No description available.

कर्णाली प्रदेशको विभिन्न जिल्लाका जंगलहरुमा घुमन्ते जीवन बिताइरहेको राउटे जातीको आफ्नै भेषभुषा, रितिरिवाज र परम्परा छ । हाल उनिहरु सल्यानको कालिमाटी गाउँपालिका–५ काल्चेमा बसोबास गरिरहेका छन् । राउटे समुदायले विभिन्न चार्ड पर्वहरु धुमधामका साथ बनाउने गर्दछन् । उनिहरुका लागि साउने संक्रान्ति पनि एक विशेष चार्ड हो ।

No description available.

साउने संक्रान्तिमा राउटे समुदायले हरेक घरमा एक देखि दुई वटासम्म बाख्रा र प्रति व्यक्ति एक वटा कुखुरा काट्ने गर्दछन् । बर्षामा पानी धेरै पर्ने र बाढी पहिरोले हुने मानवीय क्षती नहोस् भनी पुजा गर्ने गरेको राउटे समुदायका लोकेन्द्र शाहीले बताए । उनिहरुले साउने संक्रान्ति साउन १ गतेदेखि १० गतेसम्म मनाउँछन् । राउटे समुदायले साउन महिनालाई कालो महिनाको रुपमा लिई बस्ती सर्दैनन् ।

No description available.

No description available.

 

प्रतिक्रिया