राउटे बस्तीमा खानेपानी

राउटे बस्तीमा खानेपानी

दैलेख : जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको बस्तीमा खानेपानीको सूविधा पु¥याईएको छ । सल्यानको कालिमाटी गाउँपालिका–५ काल्चेमा बसोबास गरिरहेका राउटे बस्तीमा पाइप मार्फत खानेपानीको सुविधा पु¥याईएको हो ।

बस्ती बसिरहेको स्थानबाट टाढा रहेको पानीको मुहानबाट बोकेर खानेपानीको जोहो गर्दै आएका राउटे बस्तीमै पानीको सुविधा पु¥याईएको हो ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको पहलमा कालिमाटी गाउँपालिका र सरोकारवाला निकायहरुको सहयोगमा पाइप मार्फत बस्तीमा पानीको सुविधा पुगेको हो । काल्चे गाउँका स्थानीय बासिन्दाहरुले प्रयोग गर्दै आएको पानी ट्यांकीबाट पाइप मार्फत राउटे बस्तीमा खानेपानी पु¥याईएको राउटे बस्तीको हेरचाहमा खटिएका लालबहादुर खत्रीले जानकारी दिए ।

लोपोन्मुख राउटे समुदाय दैलेखको गुराँस गाउँपालिकाको स्थायी बासिन्दा हुन् । गुराँस गाउँपालिका–८ मा बसोबास गरेका बेला परिचयपत्र वितरण गरिएपनि उनिहरु फिरन्ते जीवन बिताउँदै आएका छन् । कर्णाली प्रदेशको विभिन्न जिल्लाका जंगलहरुमा घुमन्ते जीवन बिताइरहेको राउटे जातीको आफ्नै भेषभुषा, रितिरिवाज र परम्परा छ ।

प्रतिक्रिया