सोसेकको १४ औँ संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न

सोसेकको १४ औँ संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको १४ औँ संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न भएको छ । शुक्रवार दैलेख सदरमुकाममा संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न भएको हो । महिला, बालबालिका, दलित, विपन्न समुदाय, अपाङ्गता भएका व्यक्ति तथा लोपोन्मुख राउटे समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेकले आफ्नो १४ औं संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न गरेको हो ।

संस्थाका आयोजना तथा तरुण मिडिया प्रालीका प्रबन्धक एवं पत्रकार विशाल सुनारको सहजिकरणमा सामाजिक तथा लैङ्गिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो । संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षणमा संस्थाका उप–कार्यकारी निर्देशक बसन्त कुमार श्रेष्ठले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

१३ औँ संस्थागत सामाजिक तथा लैंगिक परीक्षणमा कार्यवहाक अध्यक्ष टिकादेवी जैसी, संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापा, महासचिव मञ्जु खड्का, कोषाध्यक्ष कृष्णा रावत, कार्यसमिति सदस्यहरु कमला चन्द, पवित्रा बादी, उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ, कार्यक्रम निर्देशक नवराज विसी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य नविन रिजाल, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा, पत्रकार अमर सुनार लगाएत सहभागि थिए । संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षणमा पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा, पत्रकार अमर सुनार लगाएतले संस्थाद्धारा सञ्चालित कार्यक्रम एवं परियोजनाहरुका लागि सुझाव राख्नुभएको थियो ।

कार्यक्रममा कार्यवहाक अध्यक्ष टिकादेवी जैसीले कोरोना भाइरसको महामारीको समयमा पनि सावधानी अपनाई काममा निरन्तर खटिईएका कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले संस्थाद्धारा सञ्चालित कार्यक्रम/परियोजनामा देखिएका कमीकमजोरीहरुलाई सुधार गरिने समेत बताउँनुभयो ।

संस्थाले कर्णालीका दैलेख, सुर्खेत, कालिकोट र सुदुरपश्चिम प्रदेशको अछाममा विभिन्न कार्यक्रम/परियोजना संचालन गरिरहेको उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सिमित व्यक्तिहरुको सहभागितामा सामाजिक तथा लैङ्गिक परिक्षण कार्यक्रम सञ्चालन गरिएको उपकार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया