प्रहरी चौकी रानीमत्तालाई फोटोकपी मेसिन सहयोग

प्रहरी चौकी रानीमत्तालाई फोटोकपी मेसिन सहयोग

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले प्रहरीलाई फोटोकपी मेसिन सहयोग गरेको छ । सोसेक र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाबाट प्रहरी चौकी रानीमत्तालाई फोटोकपी मेसिन सहयोग उपलब्ध गराईएको हो ।

बाल बिबाह र बाल हिंसा न्यूनिकरण गर्नका लागि विभिन्न प्रकारका सूचनाहरु समुदायमा टाँस गर्न र पठाउन सहज हुने भएकोले प्रहरी चौकीको अनुरोधमा फोटोकपी मेसिन/प्रिन्टर सहयोग गरिएको हो । आइतवार सोसेक नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज बिसीले प्रहरी चौकी रानिमत्ताका इन्चार्ज धन बहादुर नेपालीलाई फोटोकपी मेसिन हस्तान्तरण गरेका छन् ।

साथै बाल बिबाह न्यूनिकरणमा पछिल्लो समयमा गुराँस गाउँपालिकाका ३ वटै प्रहरी चौकी सक्रिय रहेको सोसेक नेपाल दैलेखका बाल अधिकार प्रवर्द्धन अभियन्ता पूर्ण बहादुर महताराको भनाई छ ।

प्रतिक्रिया