दैलेखमा पनि नेपाल मास्क अभियान (फोटोफिचर)

दैलेखमा पनि नेपाल मास्क अभियान (फोटोफिचर)

दैलेख : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल मास्क अभियान अन्तरगर्त अभियान सञ्चालन गरिएको छ । बिहीवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र जिल्ला प्रहरी कार्यालय दैलेखको संयुक्त रुपमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक राजेश साहु, सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ, कोषाध्यक्ष कृष्णा रावत लगाएतको सहभागितामा सञ्चालन भएको अभियानमा ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्वता, मास्क लगाउनु नै हो आजको आवश्यकता’ सहित मास्क वितरण तथा माक्स अनिवार्य रुपमा लगाउनको लागी आह्वान गरिएको थियो ।
तस्विरहरु :

प्रतिक्रिया