गुणस्तरिय शिक्षा गाउँपालिकाको पहिलो प्राथमिकता : अध्यक्ष ओली

गुणस्तरिय शिक्षा गाउँपालिकाको पहिलो प्राथमिकता : अध्यक्ष ओली

दैलेख : दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले गुणस्तरिय शिक्षा गाउँपालिकाको पहिलो प्राथमिकता भएको बताएका छन् । सेभ द चिल्ड्रेनको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको समन्वयमा शिक्षा पत्रकार समुह कर्णाली प्रदेश समितिद्धारा आयोजित ‘गुराँस गाउँपालिकामा शिक्षा संवाद’ कार्यक्रममा अध्यक्ष ओलीले गाउँपालिकाको पहिलो प्राथमिकता गुणस्तरिय शिक्षा भएको बताएका हुन् । ‘गाउँपालिकामा शैक्षिक गुणस्तर कायम गर्ने लगाएतका शिक्षाको क्षेत्रमा प्रगतिशिल काम भएको छ यद्धपी हाम्रो सोच भन्दा धेरै न्यून अवस्थामा छौ,’ अध्यक्ष ओलीले भने ।

गुराँस गाउँपालिकाको शिक्षा नीति कार्यान्वयनको अवस्था र सिकाई निरन्तरताको लागि भएका अभ्यासबारे आयोजित संवादमा अध्यक्ष ओलीले कानूनी अड्चन, कोरोना भाइरस लगाएतका कारण शिक्षाका क्षेत्रमा गर्न खोजिएका धेरै कामहरु गर्न बाँकी नै रहेको बताए । ऐन, कार्यविधि र नीतिले मात्र शिक्षा क्षेत्रको विकासमा गाउँपालिकाले लिएको लक्ष अनुरुपमा काम पुरा हुन नसकेको बताउँदै अध्यक्ष ओलीले पर्याप्त बजेट हुन नसक्दा धेरै काम हुनै बाँकी रहेको प्रस्ट्याए ।

गुराँस गाउँपालिकाको शिक्षामा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले महत्वपूर्ण सहयोग पु¥याएको  बताए । गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि गर्नुपर्ने सबै कामहरु क्रमशः गर्दै जाने अध्यक्ष ओलीले प्रतिबद्धता जनाए ।

शिक्षा विकास तथा समन्वय ईकाइ दैलेखका प्रमुख तेजबहादुर थापाले गाउँपालिकाले निर्माण गरेको शिक्षा कार्यनीतिमाथी सुझाव दिँदै जिल्लाका अन्य स्थानीय तह भन्दा गुराँस गाउँपालिकामा राम्रा कामहरु भएको बताए । उनले गाउँपालिकाले शिक्षा क्षेत्रमा चालु आर्थिक बर्षमा २५ प्रतिशत बजेट विनियोजन हुन राम्रो पक्ष भएको समेत औल्याए ।

शिक्षक महासंघ दैलेखका सचिव मिनराज भट्टराईले विद्यार्थीहरु विद्यालय जाँदा हरेह दिन नयाँ विषय सिक्दैछु भन्ने वातावरण सृजना गर्नुपर्ने बताए । उनले बालमैत्री र हरित विद्यालय निर्माण लगाएतका सवालमा शिक्षक महासंघले गाउँपालिकाले निरन्तर सुझाव र सल्लाहरु प्रदान गर्दै आईरहेको भट्टराईको भनाई छ । भगवती प्रावीका प्रधानाध्यापक कल्पना चन्दले कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालय बन्द्य रहँदा गुराँस गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको संयुक्त प्रयासमा वैकल्पिक माध्ययमबाट सिकाईलाई निरन्तरता दिईएको बताइन् ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापाले वातावरण मैत्री विद्यालय बनाउने तर्फ ध्यान दिनुपर्ने बताए । गुराँस गाउँपालिकामा शिक्षाको क्षेत्रमा भएका नविनत्म कामहरु अन्य स्थानीय तह र विद्यालयसम्म पु¥याउने वातावरण सृजना सुझाव दिए । उनले विद्यालयको आवश्यकताका आधारमा मात्र नभई विद्यालयको अवस्थालाई आधार बनाएर सामग्रीहरु सहयोग गर्नुपर्ने बताए । संवादमा गाउँपालिकाका स्रोत शिक्षक थिरेन्द्रकुमार विसीले गाउँपालिकाको शिक्षाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

शिक्षा पत्रकार समुह कर्णाली प्रदेश समितिका सदस्य पत्रकार विशाल सुनारको सहजिकरणमा सञ्चालित शिक्षा संवादमा विभिन्न विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, पत्रकार गैरसरकारी संस्थाका प्रतिनीधिहरुले गाउँपालिकाको शिक्षा क्षेत्रको विकासका लागि सुझावहरु दिएका थिए ।

सेभ द चिल्ड्रेनका एजुकेशन म्यानेजर आत्माराम भट्टराईका अनुसार गुराँस गाँउपालिकाको शिक्षा नीति कार्यान्वयनको अवस्था र सिकाई निरन्तरताका लागि भएका अभ्यासहरुको बारेमा सरोकारहरु बिच छलफल गरि शिक्षा निति कार्यान्वयनको अवस्थालाई सुधार गर्ने र कोभिड माहामारीको बिचमा वबालबालिकाको सिकाई निरन्तरताको लागि पैरवी गर्ने उदेश्यले शिक्षा संवाद आयोजना गरिएको हो ।

संवादमा गुराँस गाउँपालिकाको शिक्षा नीति कार्यान्वयनका लागि स्थानिय तहले गरेका प्रयास र अनुभवहरु, कोभिडले शिक्षा क्षेत्रमा पारेको प्रभाव र बालबालिकाको सिकाईलाई निरन्तरता दिनका लागि भएका प्रयासहरु, अपाङ्गता तथा जोखिममा रहेका भएका बालबालिकाका समस्या, चुनौती तथा शिक्षामा पहुँच, गाउँपालिकाको तर्फबाट बिद्यालयको प्रभावकारी अनुगमन र सहयोगबारे छलफल भएको थियो ।

 

 

प्रतिक्रिया