चार दिनदेखि हराएकी बालिकाको शव क्षतविक्षत अवस्थामा भेटियो

चार दिनदेखि हराएकी बालिकाको शव क्षतविक्षत अवस्थामा भेटियो


कालिकोट जिल्ला सदरमुकाम मान्मस्थित जिल्ला प्रहरी कार्यालय कालिकोट ।

दैलेख : कालिकोटमा चारदिन देखि हराएकी एक बालिकाको शव मकै बारीमा फेला परेको छ । खाँडाचक्र नगरपालिका–६ की १६ बर्षीया निरु विकको शव मकैबारीमा भेटिएको हो । गत शुक्रवार देखि हराएकी निरुको शव मंगलवार दिँउस घर नजिकै मकैबारीमा भेटिएको हो । जंगली जनावरले क्षतविक्षत पारेको अवस्थामा बालिकाको शव फेला परेको बताईएको छ ।

बालिकाको शव मकैबारीमा देखेपछि स्थानीय र बालिकाका आफन्तले प्रहरीलाई खबर गरेका थिए । बालिकाको शव भेटिएको खबर आएसँगै जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहको नेतृत्वमा जिल्ला सदरमुकाम मान्मबाट प्रहरीको टोली खटिएको थियो ।

बालिकाको शव सडेको अवस्थामा फेला परेको डीएसपी शाहले बताए । ‘बालिका भदौ ४ गते शुक्रवारबाट हराएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ डीएसपी शाहले भने ‘घरबाट ३ सय मिटर टाढा शव भेटिएको हो ।’ डीएसपी शाहका अनुसार बालिकाको शरिरको तल्लो माग स्यालले खाईसकेको अवस्थामा शव भेटिएको हो ।

शवको जिल्ला अस्पताल कालिकोटका पोस्टमार्टम भईसकेको र रिपोर्ट आउन बाँकी रहेको डीएसपी शाहले जाजकारी   दिए । ‘घटनाबारे थप अनुसन्धान भईरहेको छ, घटनाबारे सत्यतथ्य पत्ता लगाउँछौ,’ डीएसपी शाहले भने ।

स्थानीय बासिन्दा र बालिकाका आफन्तहरुले निरुको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन् । उनिहरुले घटनाको निष्पक्ष अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाई दोषिमाथी कारबाही हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया