सोसेक नेपाल २५ औं वर्षमा

सोसेक नेपाल २५ औं वर्षमा

दैलेख : विस २०५४ भाद्र ११ गते जिल्ला प्रशासन कार्यालय दैलेखमा दर्ता भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल २४ बर्ष पार गरेको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आफ्नो गौरवमय २४ औँ बार्षीक उत्सबको अबसरमा जोखिममा परेका महिला, बालबालिका तथा समुदायलाई सहयोग पु¥याउन अनवरत खटिरहनुभएका सम्पूर्ण कार्यसमितिका सदस्यज्यूहरु, साधारण तथा आजिवन सदस्य, कर्मचारी, विकास साझेदार संस्था लगाएत शुभेच्छुकहरुप्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेको छ ।

‘आत्मा साक्षी राखी मन, बचन र कर्मले सेवा गरौँ’ भन्ने मुल नारा बोकेको सोसेक नेपालले महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशील भई क्रियाकलापहरु सञ्चालन गरिरहेको छ । संस्थाले बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणमा काम गर्दै आएको छ ।

सामाजिक समानता, जनसहभागिता, पारदर्शिता र तटस्थत संस्थाको मुल्य र मान्यता हो । संस्थाले जवाफदेहिता, गुनासो सुनुवाई तथा गुणस्तरीय कार्यक्रम कार्यान्वयनका लागि माष्टर फ्लेक्स सिट, क्रियाकलाप फ्लेक्स सिट अभ्यासमा ल्याएको छ ।
संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

गरिबी मुक्त, विभेद रहित, हिंसा रहित, न्यायमूलक र स्वस्थ एवं समृद्ध समाजको निर्माण भएको देख्ने परिकल्पना हो । सामाजिक परिचालन र जनसहभागिताको माध्यमवाट जनजाति, गरिव, दलित, महिला र बालबालिकालाई सवालमूखी, सुधारमुखी, राहतमुखी कार्यक्रमहरु प्रदान गरी उनीहरु स्वयंबाट सबै प्रकारका विभेदका स्वरुपहरुलाई सम्बोधन गर्न सक्षम बनाउनु संस्थाको ध्येय हो ।

संस्थाले दलित, महिला, बालबालिका, गरिबीको रेखामुनी रहेको समुदाय, अपाङ्गता भएका व्यक्ति तथा लोपोन्मुख राउटे समुदाय लक्षित कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । संस्थाले जोखिममा रहेका महिला तथा बालबालिकाहरुको आपतकालिन संरक्षण र सहायताका लागि महिला तथा बालबालिका केन्द्र, दैलेख र कालिकोट तथा बाल हेल्पलाइन १०९८ दैलेख र कालिकोटमा सञ्चालन गरिरहेको छ ।

संस्थाद्धारा विभिन्न विकास साझेदार निकायहरुको सहयोग र साझेदारीमा दैलेख, अछाम र कालिकोटका विभिन्न स्थानीय तहहरुमा कार्यक्रम र परियोजना सञ्चालित छ । त्यति मात्र होइन लोपोन्मुख जाती राउटे समुदायमा समेत राउटे परियोजना सञ्चालित छ । संस्थाले दैलेखको भैरवी गाउँपालिका कालिकोटको पलाँता गाउँपालिका महिला, यूवा तथा बाल अधिकार प्रवद्र्धन कार्यक्रम (आधार) सञ्चालित छ । यस्तै दैलेखको आठबिस नगरपालिका र अछामको पञ्चदेवल बिनायक नगरपालिकामा उत्थानशिल जिविकोपार्जन सवलिकरणका लागि सामुदायिक अनुकुलन क्षमता अभिवृद्धि परियोजना (साकार) सञ्चालित छ ।

त्यसैगरी दुल्लु नगरपालिका र डुङ्गेश्वर गाउँपालिकामा एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम सञ्चालित छ । दैलेखको नौमूले गाउँपालिका र भगवतीमाई गाउँपालिकामा ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना सञ्चालित छ । गुराँस गाउँपालिकामा सहयात्रा दोस्रो, SLAM तथा LGBTIQ परियोजना सञ्चालित छ ।

संस्थाले कर्णाली प्रदेशका दैलेख सुर्खेत लगाएतका जिल्लामा फिरन्ते जीवनयापन गरिरहेका राउटे समुदायमा राउटे परियोजना सञ्चालन गरेको छ । दूल्लू नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ९ तथा आठबिस नगरपालिका वडा नम्बर १, २ र ३मा उत्थान परियोजना संस्थाले सञ्चालन गरेको छ ।

 

 

 

 

प्रतिक्रिया