मोटरसाइकल दुर्घटनामा रेडक्रसमा कार्यरत कर्मचारीको मृत्यु

मोटरसाइकल दुर्घटनामा रेडक्रसमा कार्यरत कर्मचारीको मृत्यु

दैलेख : मोटरसाइकल दुर्घटनामा परी दैलेखमा एक जनाको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ घर भई हाल नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखामा कार्यरत ४२ बर्षीय नारायणप्रसाद पोखरेलको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दैलेख सदरमुकामबाट कार्यक्षेत्र नौमूले गाउँपालिकातर्फ जाँदै गरेको पोखरेल सवार बा ७५ प ५८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको दैलेख प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

पोखरेल सवार मोटरसाइकल दैलेख नौमले सडकखण्ड अन्तरगर्त नौमूले गाउँपालिका–१ तामेखोला नजिकैको सेतो भीरमा दुर्घटनामा परेको डीएसपी श्रेष्ठले बताए । डीएसपी श्रेष्ठका अनुसार मृतकको शव पोस्टमार्टमका लागि दैलेख अस्पतालमा ल्याउने तयारी भईरहेको छ ।

पोखरेल रेडक्रसद्धारा जिल्लाको नौमूले गाउँपालिका–३ द्धारीमा सञ्चालित समावेशी खानेपानी सरसफाई तथा स्वच्छता प्रर्वद्धन परियोजनामा फिल्ड सुपरभाइजर पदमा कार्यरत थिए ।

प्रतिक्रिया